सेनाको जागिर र बिदेशको मोह त्यागेर भेडापालनमा रमाउदै
26 दिन पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । सैलुङमा चिसो बढेपछि भेडाको बथान खेदेर दोलखा जिल्लाको शैलुङ गाउँपालिका ३ देउराली बाघखोरका ज्ञानवहादुर श्रेष्ठ तामाकोशी नदीको छेउमा पर्ने चरङ्गे आईपुगेका छन् । पुसको अन्तिम तिर १ सय ५० वटा भेडाको बथान सहित ओरालिएका उनी तल्लो भेगमा गर्मी चढ्न थालेपछि अव फेरी अर्को चरण क्षेत्र तिर जाने सुरसारमा छन् । ‘अव बुलबुले तिर जाने सोच छ,’ शुक्रबार चरङ्गेमा भेडा चराउदै गर्दा टेलिफोनमा श्रेष्ठले भने – आजै जान्थे, पानी परिरहेकोले जान पाईन । ‘ त्यतै त्यतै कालिञ्चोक तिर जाने विचारमा छु,, यो बर्ष शैलुङ फर्कने योजना छैन् ।’
एक जना गोठाला साथि लिएर भेडा गोडमा उनले साढें तीन बर्ष विताएका छन् । काम गर्नका लागि राखेको १ जना गोठालो अरुले भगाईदिएपछि केहि समय एक्लै १ सय पचास भेडाको आफै गोठाला बन्नु पर्दा पनि उनी थाकेनन् । उनले अहिले फेरी एक जना साथि पाएका छन् । तिनै साथिको भरमा भेडा जङ्गलको चरण खर्कमा लाने, दुहुने र अरु स्याहार सुसारको काम गर्दैमा उनलाई फुर्सद छैन् ।
बोलिचालीमा भेडा भन्ने गरेपनि भेडाको भालेलाई थुवाँ या बलेख्रो भन्छन् । पोथिलाई भेडी । ज्ञानवहादुरको खोरमा अहिले ४० वटा भेडी दुहुना छन् । भेडीको दुध भन्दा पनि घिउको ज्यादा माग भएकाले उनले भेडीको घिउ वनाउछन् । दुधालु भेडीले १ साँझमा १ माना सम्म दुध दिन्छ । श्रेष्ठ भन्छन् – पहिला बेते अनि बुढा भेडीले थोरै दुध दिदैनन् । भेडीको दुध जग्मा गरेर उनी दिन विराएर मोही पार्छन् र झण्डै आधा केजि घिउ निकाल्छन् । घिउ केजिको ४ हजार ५ सय रुपैयाँमा विक्री हुन्छ । घिउको बजार प्राय काठमाण्डौं हो । औषधि र धुपको लागि भेडीको घिउको माग धेरै हुने गरेको उनले सुनाए ।
भेडीको दुध र घीउमा राम्रो पैसा भएपनि दुहुन भने सजिलो छैन् । विदेशीहरु शैलुङ तिर आउदा उनको भेडीगोठमा पस्छन् र दुध माग्छन् । नेपालीहरु भेडीको दुध खान पहिले लाज मान्थे, अलिहे खान थालेका छन् । तर विदेशीहरुले भेडीको दुध खोजीखोजि खान्छन् । धेरै पोसिलो हुने भएकाले होला, उनीहरु धाएरै पनि भेडीगोठ सम्म आएर दुध खाने गरेका छन् ।
खर्कमा गएका बेला उनी चर्दा चर्दैको भेडी दुहुने गर्छन् । साथीलाई भेडा समाउन लगाएर दुुई मिनेटमानै भेडी दुहुने गरेको उनले वताए । पाठापाठी सानो हुदाँ तिनै लाई दुध छोड्ने गरेका उनले जव पाठापाठि घाँसले अघाउन थाल्छन् त्यपछि भेडी दुहुने गरेका छन् ।
श्रेष्ठ नेपाली सेनाको हबल्दारको जागिर छोडेर शैलुङ फर्केका हुन । सेनामा १७ बर्ष ९ महिना काम गरेर फर्केका श्रेष्ठले पुर्खौली तर लोप भइसकेको पेशा अंगालेका हुन् । ‘बाबु बाजेले यहि पेशा गरे’ श्रेष्ठ भन्छन् – अरुले बिदेश गएर पनि भेडा चराउने सुनेपछि मैले आफ्नै भूगोलमा भेडा चराउने विचार गरे, अनि सुरु गरेको हो । उनले साँढे ३ बर्ष अघी देखि भेडा पाल्न थालेका हुन् ।
उनको खोरमा भेडा मासिएको २५ बर्ष पुगेको थियो । उनका बुबा हर्कवहादुर श्रेष्ठले १ हजार देखि पन्ध्र सय सम्म भेडा पाल्ने गरेका थिए । उनी भेडा चराउनका लागि गोठ सार्दै शैलुङको बाघखोर देखि सिन्धुली र काभ्रेको महाभारत क्षेत्र सम्म पुग्थे । ‘वुबाको भेडा गोठमै उमेर गयो घरमा भनेको कहिल्यै नआउने ’ श्रेष्ठ भन्छन् – अहिले मेरो पनि त्यहि अवस्था भइसक्यो । गोठमा भेडाको स्याहार गर्दैमा दिनरात जान्छ । जंगलको विचमा चरण क्षेत्र हुने भएकाले त्यहि गोठ वनाएर भेडा राख्ने श्रेष्ठका एक जना साथी र पहरेदारका रुपमा कुकुर हुन्छन् । ‘कुकुरले जंगली जनावार आएको जनाउ दिन्छ, त्यसैको साहारामा हामी पनि जंगलमै बस्छौं’ श्रेष्ठले भने ।
चिसो मौसमको बाघखोर वरिपरी चरण क्षेत्र धेरै छ । केहि माथि सैलुङ डाडाँ झण्डै साँढे ४ हजार मिटर सम्म उनका भेडा चरणका लागि पुग्छन् । त्यसको तल पर्ने दुधपोखरीको सासिममा पनि चरण क्षेत्र छ । चरङ्गे झार्नु अघी श्रेष्ठले केहि दिन सासिममा भेडा पु¥याएका थिए । तर चरण क्षेत्र सानो र चिसोमा पर्ने भएकाले चाँडैै तल झारे । चरङगेमा झरेपछि उनले भेडाको उन काटेका छन् । उन काटेका भेडा अव विस्तारै माथि जान्छन र फेरी ६ महिनामा उस्तै उन दिन योग्य हुन्छन् ।
श्रेष्ठले बरुवाल जातको भेडा पालेका छन् । यो जातको भेडा उनले छिमेकी जिल्ला सिन्धुपाल्चोकबाट ल्लाएका हुन् । एउटा भेडाको सरदर १० हजार पर्छ । थुवाँ ( बलेख्रो ) को १३ हजार सम्म विक्री गर्छन् । दुध, उन र घिउ बाट उनले थप आर्जन गर्दै आएका छन् । काममा दुख्ख त छ, सधैं भेडाभेडी सगैं र बन जंगलमा छु श्रेष्ठ भन्छन् – दुख्ख भएपनि कमाईमा सन्तुष्ट छु । बर्षमा सबै खर्च कटाएर ५÷७ लाख रुपैँया आर्जन गरेकै छु । यसले मलाई पुगेकै छ ।
भेडा पालनले एउटाको मात्र पैसा आउदैन । ‘खसी पाल्दा मासु मात्र आउछ,’ श्रेष्ठ भन्छन् – तर भेडा पाल्दा पाठापाठि, उन, दुध, घिउ र मासु । सवै चिज विक्री हुने भएकाले यो कामका लागि लोभिएको हुँ । श्रेष्ठका अनुसार भेडाको मासु पनि खसीको भन्दा महंगो छ । प्रति केजि ८ सयमा खसीको मासु पाईन्छ तर भेडाको मासु केजीको १ हजार पर्छ । दशैंमा पाठा पाठी र भेडा खोज्ने धेरै हुन्छन् । दशैंमा बलेख्रो खोज्नेले २५ हजारका दरले लान्छन् ।
फागुन लागेपछि उनले भेडाको उन काटेका छन् । मेसिनको साहायताले उन काट्दा भेडा ठ्याक्क उभिदिन्छ, बानी भइसक्यो अव । दुई मिनेटमा उनले एउटा भेडाको उन काटिसक्छन् । एउटा भेडाको ३ देखि ४ सय ग्राम सम्म उन आउछ । तर उन बेचेर श्रेष्ठले त्यति फाईदा लिन सकेका छैनन् । झण्डै १ सय २५ किलोमिटर टाढाको काठमाण्डौं पु¥याउदा धार्नीको २ सय ५० रुपैयाँ भन्दा दिएनन, त्यसले गाडिभाडा तिर्दैमा ठिक्क भयो । त्यसपछि उनले भेडाको उन काठमाण्डौं लान छाडे । गाउँमा विक्री नहुने भएकाले उन त्यतिकै थन्क्याउदै राखेका छन् । ‘राडिपाखी बन्ने सीप नभएकाले उन तह लगाउन सकिएन’ श्रेष्ठले भने – स्थानीय सरकारले त्यस बारेमा उद्यमीहरुलाई तालिम दिएमा उनको खपत र रोजगारी समेत हुनेथियो ।
कमेन्ट गर्नुहोस्
तुँवालोले छेक्यो लुक्लाको उडान
रामेछाप । बाक्लो तुँवालोका कारण रामेछापबाट आज विहानै देखि लुक्लाका लागि उडान हुन सकेका छैनन् । लुक्लाका लागि आज ..
7 घन्टा पहिले
सार्वजनिक सडक बिक्री हुन्छन् रामेछापमा
टीकाप्रसाद भट्ट रामेछाप । सडक निर्माण भएको जमिनलाई नापी नक्शामा रेखाङ्कन नगर्दा रामेछापका जिल्ला स्तर देखि ग्र..
7 घन्टा पहिले
माकादुमको खत्रीगाउँमा खानेपानी पु¥याएपछि सगुन खुवाएर ख..
टीकाप्रसाद भट्ट रामेछाप। खडेरीका कारण खानेपानीकाे श्नाेतमा पानी सुकेर बर्षाै देखि खानेपानीकाे सास्ती खेप्द..
2 दिन पहिले
लुतो निको पार्न धामी झाँक्रीको ढ्याङ्ग्रो
टीकाप्रसाद भट्टमन्थली । अरु रोगको त कुरो छाडौं शरिरभरी लुतो आउदा पनि डडुवाको थामीगाउँमा रातभर ढ्याङग्रो बज्छ । &ls..
2 दिन पहिले
उत्कृष्ट शिक्षक शिक्षिका सम्मानित
रामेछाप । रामेछाप जिल्लामा रहेका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट पठनपाठन गर्दै आएको मन्थली माविले विद्यालयक..
3 दिन पहिले