भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय ३ दिनका लागि बन्द
6 दिन पहिले प्रकाशित
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण बढ्न नदिनका लागि मंसिर १ गते सम्मलाई गाउँपालिका भित्रका सबै ४२ वटा विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
केहि दिन देखि उमाकुण्डका विभिन्न भागमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघाँखोकी लाग्ने जस्ता संक्रमण तिब्र रुपमा फैलिएको छ । उक्त रोगबाट विरामी परेका स्थानीयहरु स्वास्थ्य संस्थामा उपचारका लागि खचाखच भएका छन् ।
गाउँमा संक्रमण फैलिएपछि विद्यालयको अवलोकनका लागि बिहिबार पुगेका गाउँपालिकाका अधिकारीहरुले बालबालिका पनि उक्त संक्रमण देखेपछि विद्यालय बन्द गर्ने निर्णयमा पुगेका हुन् ।
उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुभजीत सुनुवारका अनुसार संक्रमण फैलनबाट रोक्नका लागि विद्यालय बन्द गर्नुपरेको हो । गाउँपालिका र स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सावधानी अपनाउने बारेमा सूचना जारी गरीरहेका छन् । सुनुवारका अनुसार गएको सोमबार र मंगलबार तिव्र रुपमा देखा परेको संक्रमण अहिले केहि घटदो अवस्थामा रहेको छ ।
गाउँपालिका स्वास्थ्य शाखाले स्थानीय बासिन्दाहरुलाई संक्रमणबाट बच्ने उपायहरुका बारेमा सूचना जारी गरेको र संक्रमणका लक्षणहरु देखा पर्ना साथ स्वास्थ्य संस्थामा उपचारका लागि आउन आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
