रामेछाप । प्रिन्सीपल एशोसियसन अफ नेपाल ( पान ) ले रामेछापको सुनापति गाउँपालिकामा रहेको सामुदायिक विद्यालय डहु माविका प्रअ दलबहादुर बल लाई उत्कृष्ट प्रअको रुपमा पुरस्कृत गर्ने भएको छ ।
पान द्धारा शनिबार जारी गरिएको सूचना बमोजिम बल देशभरीका उत्कृष्ट ७ वटा माध्यमिक तहका प्रअहरुमा परेका छन् । रामेछाप जिल्लामा केहि बर्ष देखि एसईई नतिजामा अव्वल देखिदै आएको विद्यालय डहु माविका प्रअ बललाई प्रदान गर्ने पुरस्कारको राशी भने खुलाइएको छैन् ।
पानले शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान गर्ने देशभरका सामुदायिक माध्यमिक विद्यालय, आधारभुत विद्यालय र तिनका प्रअ, नगरपालिका र गाउँपालिकाको मूल्यांकन गरेर उक्त पुरस्कारका लागि सिफारीस गरेको छ ।
पानले प्राध्यापक डाक्टर विद्य्यानाथ कोईरालाको संयोजकत्वमा गठित समितिले मूल्यांकन गरेर पुरस्कारका लागि छनौट गरेका माविका ७ प्रअ, आधारभुत तहका ७ प्रअ, ७ वटा नगरपालिका र ७ वटा गाउँपालिकाहरुलाई पानले पुरस्कार प्रदान गर्ने जनाएको छ ।
