रामेछाप । उज्यालो नेपाल पार्टी रामेछापले विजयादशममी लगाएतका चाडपर्वको अवसरमा आईतबार मन्थलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष चिना तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उक्त पार्टीका नेता रामकृष्ण लामा र राज मैनाली लगाएतका बक्ताले मुलुकको समसामयिक राजनीतिक विषयमा चर्चा गरेका थिए । मुलुकमा व्याप्त वेतिथि र अराजकताको अन्त्य उज्यालो पार्टीले मात्र गर्न सक्ने औल्याउदै उनीहरुले वर्तमान सरकारले सुशासन दिन नसकेको दावि गरेका थिए ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका जिल्ला स्तरका नेताहरु संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।