रामेछाप । रामेछापको मन्थलीमा चौथो रामेछाप कप २०८३ फुटबल प्रतियोगिता आईतबार देखि सुरु भएको छ । विजयादशमीको अवसर पारेर दिपशिखा व्याईज युनाईटेड क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको बागमति प्रदेश सभाका सांसद तारानारायण श्रेष्ठले उद्घाटन गरेका छन् ।

उद्घाटन खेलमा आयोजक दिपशिखा ब्वाईज युनाईटेड क्लब र सानीमदौ सोसईल सिटीका विच भएको थियो । उक्त खेलमा आयोजकले सानीमदौलाई हराएको थियो । २९ असोज सम्म संचालन हुने उक्त प्रतियोगीतामा विभिन्न १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता मन्थली २ करमबोर्डको फुटबल मैदानमा खेलाईएको छ ।