रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्बाचित भएकी छिन् । खड्काले २ हजार ८ सय ६६ मत प्राप्त गरिन् ।
मंगलबार अपरान्ह सकिएको मतगणनाबाट उनी सहित महिला खुला तर्फ १५ जना महिलाहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यस अघी खड्का नेपाली काँग्रेसको विषेश महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिईन् ।
सानै उमेर देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय खड्का दोश्रो पटक रामेछापबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिईन् । खड्काले रामेछापमा खुला महिला तर्फ पहिलो भोट ल्याएर विजयी भएकी थिईन् ।
पार्टी केन्द्रीय सदस्यको भूमिकामा खड्काले विभिन्न जिल्लामा पार्टी संगठन सुदृढिकरण र पुस्तान्तरणको सवालमा आफ्ना स्पष्ट धारणा राख्दै आएकी थिईन् । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेतृ खड्काले उच्च मनोवलका साथ पार्टी संगठनका लागि क्रियाशिल हुने वताएकी छिन् ।
रामेछापको सुनापति गाउँपालिका ५ खनियापानी घर भएकी खड्कालाई २०७९ को स्थानीय तहको निर्वाचनमा पार्टीले गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनाएको थियो । थोरै मतान्तरले उनी उपाध्यक्षमा पराजित भएकी थिईन् ।
