रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ रामेछापका नेता गेल्जे लामा ( शेर्पा ) विजयी भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम मत परिणाम अनुसार शेर्पाले १ हजार ९ सय ५१ मत प्राप्त गरी विजय भएका हुन् । केन्द्रीय समितिमा उनी पहिलो पटक निर्वाचित भएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघ र नेपाल निर्माण व्यवसायी महासंघ जस्ता निकायमा नेतृत्व गरिसकेका शेर्पा रामेछापको उमाकुण्ड २ वाम्तीका स्थायी बासिन्दा हुन् । १४ औं महाधिवेशनमा रामेछापबाट उनी महाधिवेशन प्रतिनिधिमा चुनिएका थिए ।
यसअघी सकिएको खुला महिला तर्फको केन्द्रीय सदस्य पदमा युवा नेतृ विनीता खड्का लोकप्रिय मतका साथ विजयी भइसकेकी छिन् ।
