रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थालेको छ । सोमबार विहानै देखि रामेछापको जिल्ला सदरमुकाममा किनमेल गर्नेहरुको चहलपहल बढेको छ । विहान देखि अपरान्ह सम्म पनि पसलहरुमा ग्राहकहरुको भिड देखिएको छ ।
मन्थली बजार अघी पछि प्राय सुनसान जस्तै थियो । व्यवसायीहरु व्यापार नभएकोमा निराशा पोखिरहेका हुन्थे । तर अहिले अवस्था फेरीएको छ । कुनै व्यवसायीहरुलाई त सामान दिन फुर्सद समेत छैन् ।
खाद्यान्न, किराना, कपडा, जुत्ताचपल लगाएतका सामाग्रीहरु विक्री गर्ने पसलहरुमा ग्राहकहरु झुम्मिएका छन् । फलफुल, औषधि, निर्माण सामाग्री, मसला लगाएतका पसलहरुमा पनि ग्राहकहरु बाक्लिएका देखिन्छन् ।
यसैविच बालबालिकाहरुको स्कुल विदा भएपछि राजधानी लगाएतका स्थानबाट दशैं मनाउनका लागि घर फर्कनेहरु पनि बढेका छन् । आईतबार देखिनै जिल्लामा आउने यातायातका साधनहरुको संख्यामा बढोत्तरी भएको छ । सडकहरुमा यातायातका साधन सगैं दशैं खरिद गर्नेहरुको चाप देख्न पाईन्छ ।
