रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ ।
विभिन्न दर्जाका प्रहरी कर्मचारीहरु सहभागि उक्त रक्तदान कार्यक्रममा १५ जना प्रहरीहरुले रक्तदान गरेका थिए । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा भएको थियो ।
