रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब सम्मत रुपमा चयन गरेको छ । शुक्रबार मन्थलीमा सम्पन्न जिल्ला अधिवेशनले संगठनको उपाध्यक्षमा द्धारिका कार्की, सचिवमा पवन घिमिरे र कोषाध्यक्षमा पुरुषोत्तम बुढाथोकीलाई चयन गरेको छ । त्यसैगरी संगठनको सदस्यहरुमा भवानी खड्का, सीता पुरी, रमेशहरी श्रेष्ठ र सन्देश साई निर्विरोध चयन भएका छन् ।
जिल्ला अधिवेशन हुनुअघी बाल संगठनले मन्थली बजारमा ¥याली गर्नुको साथै उद्घाटन कार्यक्रममा विभिन्न बक्ताहरुले बाल संगठनको सामाजिक विकासमा हुने भूमिकाका बारेमा उल्लेख गरेका थिए । लामो समय देखि नेपाल बाल संगठन रामेछापमा क्रियासिल नरहेको अवस्थामा घिमिरेको संयोजकत्वमा केहि अघीमात्र नेपाल बाल संगठन केन्द्रीय समितिले तदर्थ समिति बनाएको थियो । घिमिरेले अव संगठनको मर्म बमोजिम विभिन्न कृयाकलाप गरेर संगठनको छवि लाई उँचो राख्ने बताएका छन् ।
