लिलाम गरेरै सकिए राजा बिरेन्द्रका गाई
4 महीना पहिले प्रकाशित
जिरी ( दोलखा ) – राजतन्त्रको समाप्ती सगैं २०६५ सालमा नारायणहिटी राजदरबार काठमाण्डौंबाट दोलखाको जिरी गाई फार्ममा पठाइएका गाई लिलाम गरेर सकिएका छन् । जर्सी र होलस्टेन जातका दुधालु र हेर्दै लोभलग्दा राजदरबारका गाई तत्कालिन जिरी पशु विकास फार्ममा पठाइएका थिए । ‘ति गाई बुढा भए हामीले सबै लिलामी गरेर सक्यौं ’ केन्द्रमा धेरै बर्ष काम गरेका पशु विकास अधिकृत गण जिरेलले भने – तिनका सन्तान चाँहि अहिले पनि छन् ।
स्वर्गीय राजा बिरेन्द्रले राजदरबारको गौसालामा दुध खानका लागि पालेका उन्नत जातका सयौं गाई थिए । दरबार हत्याकाण्ड भएपछि ज्ञानेन्द्र राजा भए, उनले पनि दाजुको गौसालाका गाई आफु राजा हुदॉ सम्म दुध खान राखे । २०६२÷६३ को आन्दोलन पछि देशमा गणतन्त्र आयो । गणतन्त्र जनताको राजनीतिक साशकिय व्यवस्था परिवर्तनका लागि मात्र आएन, राजदरबारका गाईलाई पनि आयो । त्यस अघी पुस्तौ सम्म दरबारमा रमाएका राजा रानीहरु निकालिए । सगैें गौसालामा रमाएका गाई पनि धपाईए । काठमाडौं भन्दा भौगोलिक रुपमा चिसो दोलखाको जिरीमा रहेको सरकारी गाईफार्मलाई जिम्मा लगाएर बथानै खेदियो । सरकारी पशु फार्ममा हस्तान्तरण गरी पठाइएका ति गाई अहिले सम्झनाका लागि मात्र पनि छैनन् ।
केन्द्रका तत्कालिन पशु विकास अधिकृत टंक श्रेष्ठका अनुसार त्यस बेला राजदरबारबाट झण्डै १ सय वटा गाई जिरी ल्याइएको थियो । दरबारमा भएका सवै गाई बाच्छा, बाच्छी ट्रकमा हालेर ५ खेप ओसारेका श्रेष्ठ जिरीमा ल्याएको महिना दिनमा १५ भन्दा बढी गाई अत्याधिक किर्नाको कारण मरेको वताउछन् । ‘जिरीमा किर्नाको संक्रमण त्यसबेला ज्यादा थियो ’ श्रेष्ठ भन्छन् – वचाउनै सकिएन, राजाका गाई भटाभट मरे ।
दरबारको गाईको बारेमा उनले राम्रै स्मरण राखेका छन् । तिनीहरुको नाम पनि पुरै अप्सराको नाम जस्तै थियो । उर्वसी, तिलोत्तमा, रम्बा , मेनका जस्ता नामले दरबारका गाई बोलाइने गरिएको थियो । रानी महारानीका जस्ता नाम भएका गाई पनि प्रसस्तै थिए । सरकारले २०६५ सालमा जिरी फार्मलाई गाई हस्तान्तरण गर्दाखेरी राजदरबारका ११ जना गोठाला पनि जिरी फार्ममा पदस्थापन हने गरी पठाएकोे थियो । ‘गाई आए, तर गोठाला एक जना पनि जिरी आएनन’ ् श्रेष्ठ भन्छन् – गाई ल्याइयो, दाना र दशौं ट्रक पराल ल्याइयो , तर गोठाला ल्याउन सकिएन, उतै वसे, धेरैले सुविधा लिएर जागिर नै छोडे , तर जिरी आएनन् ।
केन्द्रमा रहेका गाई ६÷७ बेत व्याएपछि लिलाम गरिन्छ । बुढो हुदै गएपछि दुध घटेर जाने हुदॉ केन्द्रलाई घाटा हुन्छ । दोश्रो तेश्रो वेत देखि सातौ वेत सम्म गाईले धेरै दुध दिन्छन् । त्यसपछि दुध उत्पादन घटदै जान्छ । हेर्दा गाई उमेरकै देखिन्छन् तर केन्द्रमा राखेर नाफा नहुने भएकाले लिलाम गरेर हटाईन्छ । लिलाम सकारेर वाहिर लगेका गाईले पनि केहि वेत दुध दिन्छन् । दरबारबाट ल्याइएका गाई पनि अन्त गएर केहि बर्ष दुध दिए, तिनका सन्तान पनि गाउँमा अझै होलान् ।
२०१४ सालामा स्वीजरल्याण्डको सहयोगमा जिरीमा पशु विकास फार्म स्थापना भएको थियो। त्यसबेला युरोपमा नाम कमाएका ठुला र दुधालु ब्राउनस्वीस जातका गाई मात्र फार्ममा थिए । तर अफसोच जिरी फार्मले ब्राउन स्वीसलाई पाल्न र थेग्न सकेन । किर्नाले ज्यादै दुख्ख दिने र ठुलो अनि स्याहार पु¥याउन नसकिने भएकाले ब्राउन स्वीसलाई फार्मबाट हटाइयो । दुधमा फ्याट कम हुने र बजारमा धेरै दुध पनि नजाने भएकाले कृषि सर्भे गरेर ति गाई हटाइएको जिरेलले वताए । उनका अनुसार अहिले जर्सी र होलिस्टेन मात्र बॉकी रहेका छन् ।
देशको एक मात्र गाई अनुवांशिक केन्द्रको रुपमा रहेको जिरी फार्ममा अहिले साना ठुला सवै गरी करिव १ सय ५० भन्दा बढी वटा गाई ( बाच्छा बाच्छि र साँढे समेत ) रहेका छन् । फार्मले बुढा गाई र बहरहरु समूह वनाएर लिलाम गर्दै हरेक बर्ष घटाउने गरेको छ । फार्ममा जन्मीएका बाच्छी हरु हुर्काउने र गाई वनाउने उक्त केन्द्रको लक्ष्य हुन्छ । फार्ममा नश्ल सुधारका लागि बाहिर बाट ल्याइएका भ्रुण प्रत्यारोपण गरी बाच्छा बाच्छी जन्माउने र त्यसरी जन्माईएका बाच्छाहरु पोखरामा विर्य संकलनका लागि पठाउने गरीएको उनले वताए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
