+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

2 दिन पहिले प्रकाशित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्लाको सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सोमवार करदाता सेवा कार्यालय मन्थलीले करदाता सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा नवजागरण बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको हो ।
करदाता सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले कर कार्यालयले उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम सुरु गरेपछि व्यवसायीहरुले आफ्‌ना व्यवसायलाई पारदर्शी बनाउनुका साथै राज्यलाई कर तिर्न प्रेरित भएको बताए । आय वर्ष २०८०/०८१ मा सबैभन्दा बढी कर तिरेर सम्मानित भएकोमा नवजागरण साकोसलाई बधाइ दिँदै अध्यक्ष थापामगरले आफ्‌नो व्यवसायलाई पारदर्शी बनाई उत्कृष्ट व्यवसाय गरी धेरैभन्दा धेरै कर तिरेर उत्कृष्ट करदाता बन्न सबै व्यवसायीहरुलाई आग्रहसमेत गरे ।

रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमा अध्यक्ष केशवप्रसाद घिमिरेले कर कार्यालयले गर्ने करदाता सम्मान कार्यक्रमले व्यवसायीहरुलाई पारदर्शी बन्न प्रेरित गरेको बताए । सबैभन्दा बढी कर तिरेर सम्मानित भएको नवजागरण साकोसलाई बधाई दिंदै अन्य सहकारी संस्थाहरुलाई पनि यही सन्देश दिन अनुरोध गरे । मन्थली करदाता सेवा कार्यालय खारेज भएकोमा घिमिरेले दुःख व्यक्त गरे । उनले भने मन्थलीमा करदाता सेवा कार्यालय स्थापना गर्न हामीले धेरै मेहनत गरेका छौँ तर अहिले यो कार्यालय खारेजीमा पर्दा रामेछापवासीलाई निकै दुःखी बनाएको छ । मन्थलीमा करदाता सेवा कार्यालय हुँदा रामेछाप जिल्लाका व्यवसायीहरुलाई निकै सहज भएको भन्दै करदाता सेवा कार्यालय मन्थली खारेज गर्न नहुँने बताए । उनले भने करदाता सेवा कार्यालय खारेज गर्ने होइन, नियमित सञ्चालन गर्नुपर्छ त्यसका लागि हामी रामेछापवासी जहाँ जान परेपनि जान तयार छौँ ।
त्यस्तै रामेछाप उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष श्याम थापाले पनि करदाता सेवा कार्यालय मन्थली खारेज भएकोमा आफूहरुको आपत्ती रहेको बताए । उनले भने सरकारले निर्णय गरेपछि खारेज त भइनैहाल्छ तर हामी करदाता सेवा कार्यालय मन्थलीलाई कायम राख्न जोडदार माग गर्दछौँ । हामीले भन्दा हुने ठाउँ छ भने हामी जहाँपनि जान तयार छौँ, थापाको भनाइ थियो ।
राजश्व बढाउन कर र डरभन्दा पनि करको दायर बढाउनु आवश्यक रहेको पनि उनले बताए । आफूले किनेको सामानको बिल दाबी गर्न सक्ने मानिस अझै पनि नहुँदा करका बारेमा केही अस्पष्टता रहेको बताउँदै पहिलेभन्दा धेरै सुधार भने भएको बताए । करदाता सेवा कार्यालय मन्थलीका प्रमुख सरिता भट्टले सम्मानित भएकोमा नवजागरण साकोसलाई बधाई दिंदै संस्थाले पालना गर्नुपर्ने नीति, विधि तथा पूरा गर्नेपर्ने दायित्व र कर्तव्यलाई नभूल्न आग्रह गरिन् । मन्थली करदाता सेवा कार्यालय रहनुपर्छ भन्ने सुझावलाई सम्बन्धीत ठाउँमा पुर्‍याउने पनि उनले बताएकी छन् । सम्मानित संस्था नवजागरण साकोसका अध्यक्ष सोमेश थापाले सहकारी क्षेत्रमा देशभरी अप्ठ्यारो आएको अवस्थामा पनि आफूहरुले लगनशील भएर नीति र विधिमा आधारित भएर संस्था सञ्चालन गरिरहेको बताए । आगामी दिनमा संस्थालाई अझ व्यवस्थित रुपमा अगाडि बढाउने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले