रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १२ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर भएकोले उनिहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
शुक्रबार काठमाडौंको मच्छेगाउँबाट आन्तरिक पर्यटकका लागि शैलुंग तर्फ आउदै गरेका यात्रुहरु दोलखाको शैलुङ गाउँपालिका ८ मा पर्ने कालापानीमा आईपुग्दा अपरान्हतिर दुर्घटनामा परेका थिए । दुर्घटनामा परेको ईभी क्षतिग्रस्त भएको छ ।
