सुब्बा कृष्णलाल मार्गको कालोपत्र गर्ने कार्य शुरु
6 दिन पहिले प्रकाशित
रामेछाप । रामेछापको मन्थली नगरपालिका हुदै लिखु तामाकोशी गाउँपालिकाको धोवि जाने सुब्बा कृष्णलाल अधिकारी स्मृति मार्ग मध्ये टेकनपुर–कठजोर खण्डको कालोपत्र गर्ने कार्य शुरु भएको छ ।
पूर्वाधार विकास कार्यालयले उक्त सडकको कालोपत्र गर्ने कार्य अघी बढाएको हो । उक्त कार्य अन्तरगत विहिबार देखि निर्माण कार्य थालिएको छ । साविकको सडकलाई चौडा पार्ने, ग्याबियन, पर्खाल लगाएतका पूर्वाधारको निर्माण हुने उक्त सडक प्रिमिक्स ( कालोपत्र ) हुने कार्यालयले जनाएको छ ।
सडक निर्माणका लागि भ्याट र पिएस बाहेक ७ करोड ८२ लाख ७३ हजार १ सय २१ रुपैंयामा सम्बृद्धि/जट्टेश्वर/विरुपाक्ष जेभी संग संझौता भएको छ । संझौता बमोजिम सडक निर्माण कार्य आगामी २०८४ साल भदौमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
मन्थली नगरपालिकाले मन्थलीको भुते खोला देखि कठजोर हुदै धोवि पुग्ने सडकलाई यस अघी सुब्बा कृष्णलाल अधिकारी स्मृति मार्ग नामाकरण गरेको थियो । जिल्लामा सहिदको नाममा सडकको नामाकरण भएको यो पहिलो सडक हो ।
विक्रम सम्बत १८८८ सालमा रामेछापको कठजोरमा जन्मेका स्वर्गीय कृष्णलाल अधिकारी मकैको खेति नामक कृति लेखे वापत जेलमा मृत्यूवरण गर्न बाध्य पारिएका थिए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले उनलाई नेल र हतकडि सहित काठले बनाएको जेलमा राखेका र त्यहि टिबि जस्तो असह्य रोगले थलिएर अधिकारीको निधन भएको ईतिहास छ । नौ बर्षका लागि जेल सजाय सुनाइएकोमा ३ बर्षको कठोर जेलजिवन विताउन नपाउदै उनको १९२३ सालमा जेलभित्रै मृत्यू भएको थियो ।
राणा सरकारका पालामा मिरसुव्वाको रुपमा कार्यरत उनलाई चन्द्रशमशेर संग नजिक हुन नदिई आफु नजिक हुन उनकै साथिले चुक्ली लगाएर जेल हालेको कथन पाईन्छ । मकैको खेति पुस्तकमा उनले विउ, खेति लगाउने तरिका रोग किरा लगाएतका कुरा उल्लेख गरेका थिए । मकैमा लाग्ने राता टाउके र काला टाउके कमिलाबाट जोगाउनु पर्ने कुरा पुस्तकमा उल्लेख भएकोमा उनका प्रतिस्पर्धिहरुले राता टाउके भनेको राणा प्रधानमन्त्री चन्द्र शमशेर र काला टाउके भनेको उनका भारभारदारलाई भनेको भनि फतुर लगाएर अधिकारीलाई जेल हाल्न लगाएका थिए ।
अधिकारीले १९२० सालमा लेखेको उक्त पुस्तक १ हजार प्रति प्रकाशन भएको थियो । चन्द्रशमसेरले ९ सय ९९ प्रति जफत गरी जलाएका र एउटा नभेटिएको उल्लेख गरिएको पाईन्छ । २०६८ साल तिर स्वर्गीय जगदीश घिमिरेले पुस्तकको पाण्डुलिपी फेला पारि त्यसलाई प्रकाशन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
