रामेछाप । मन्थली नगरपालिकाले गाईभैसी पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्धेश्यले यस बर्ष पनि दुधमा अनुदान दिएको छ । शुक्रबार मन्थली नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले दिएको जानकारी अनुसार किसानले विक्री गरेको दुधको परिमाणमा आधारित उक्त अनुदान किसानको खातामा गईसकेको छ ।
गाईभैंसी पालक किसानले दुग्ध डेरीलाई उपलव्ध गराउने दुधको परिमाणको आधारमा अनुदान उपलव्ध गराउने गरिएको छ । मन्थली नगरपालिकाले यस बर्ष दुधमा दिएको अनुदान रकम २६ लाख ६३ हजार ५ सय ३६ रुपैयाँ रहेको सापकोटाले वताए । नगरपालिकाले दुधमा प्रति लिटर २ रुपैयाँ ५० पैसाको दरले अनुदान दिने निती अख्तियार गरेको छ । उक्त कार्य आगामी बर्षलाई पनि निरन्तरता दिने गरी नगरप्रमुख लब श्रेष्ठले पेश गरेको निती तथा कार्यक्रम नगरसभाले स्वीकृत गरिसकेको छ ।
बागमति प्रदेश सरकारले समेत गाईभैंसीको दुध उत्पादक किसानलाई बिक्रीको अधारमा अनुदान दिने गर्दैआएको छ ।
