+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

गाईपालक किसानको गुनासो, अनुदान वितरणमा मनोमानी भयो

4 महीना पहिले प्रकाशित

रामेछाप । मन्थली नगरपालिका १ का किसानहरुले मन्थली दुग्ध सहकारी संस्था र पशु प्राविधिकले गाईपालन र औषधिको अनुदान वितरणमा मनोमानी गरेको गुनासो गरेका छन् ।

प्रदेश र स्थानीय सरकारको ८० प्रतिशत अनुदान र गाईपालक किसानहरुले २० प्रतिशत लगानी गरेको रकमबाट सहकारी संस्था र पशु प्राविधिकले गाईनै पालन नगरेका किसानलाई अनुदान दिएको तर व्यवसायीक रुपमा गाईपालन गर्नेलाई अनुदानबाट बञ्चित गराएको गुनासो गरेका छन् ।

गाई र औषधिमा अनुदान वितरणका लागि गत आर्थिक बर्षमा प्रदेश र स्थानीय सरकारको ६६ लाख ६६ हजार ६ सय ६६ रुपैंया र किसानहरुले ४४ हजार ४ सय ६० रुपैयाँ रकम संकलन गरीएको थियो ।

बर्षौ अघी देखि व्यवसायीक गाईपालन र दुग्ध व्यवसाय गर्दै आएकी मन्थली १ कि किसान डुकुना पोख्रेल घिमिरेले दुग्ध सहकारी संस्थाका अध्यक्ष ध्रुब कुमार थापा र पशु प्राविधिक राजकुमार भारतीले वास्तविक गाईपालक किसानलाई अनुदानबााट बञ्चीत गराइएको गुनासो गरिन् ।

वडामा रहेका ३० जना गाईपालक किसानलाई अनुदान दिने कार्यविधि बनाएको र त्यसमा आफुले समेत दामासायीले रकम जम्मा गरेको, गाई खरिद र विमाको विल पेश गरेको तर अनुदान वितरणमा नपरेकोमा उनले रोष पोखिन ।

यसैविच मन्थली दुग्ध सहकारी संस्थामा विगत देखिनै अनियमिता रहेकोले त्यसमा छानविन गर्न र यस बर्षको अनुदान वितरणको कागजात झिकाई कानुन बमोजिम कारवाहिको माग गर्दै दुई जना किसानले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालयले किसानको निवेदन परेपछि अनुदान वितरण र सहकारीका कागजात झिकाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले