रामेछाप । प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिकाको कठजोरमा शुक्रबार कोदो सामुहिक कोदो रोपिएको छ ।

पूर्व उर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । जमर्को कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि , जनप्रतिनिधि, कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, संचारकर्मी र किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अधिकांश ग्रामिण क्षेत्रमा परम्परा देखि लगाउदै आएको कोदो बालिको महत्वलाई वुझेर सरकारले पहिलो पटक कोदो दिवस मनाउने निर्णय गरेको र आउदा दिनमा कोदो खेतिको विस्तारका साथै त्यसबाट बन्ने परिकारको बजार माग उच्च हुने कुरामा चर्चा गरिएको थियो ।

रामेछापका अधिकांश उच्च पहाडि क्षेत्रमा पुस्तौ देखि कोदो खेति हुदै आएको छ । स्वादिलो, पोसिलो र औषधिको रुपमा कोदोको परिकारलाई लिने गरेकाले यसको खेति नियमित हुदै आएको छ । पछिल्ला बर्षहरुमा जनशक्ति पलायन भएकाले खेति विस्तार हुनुको साटो घट्दो अवस्थामा रहेको बेला सरकारले कोदो दिवस मनाउन थालेको स्थानियले वताएका छन् । कोदो लगाउदा धेरै जनशक्ति र मेहनतको आवश्यकता पर्ने तर गाउँमा अव त्यस्तो जनशक्तिको अभाव हुदै गएको स्थानीयको भनाई छ ।