+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

जुनार सुन्तला राेप्ने किसान बढ्दै

1 दिन पहिले प्रकाशित

मेछाप । जुनार सुन्तला लिन घरगाउँमै व्यवसायी आउने र प्रसस्त भाउ पाउन थालेपछि दक्षिणी रामेछापका किसान जुनार सुन्तला रोप्ने अभियानमा लागेका छन् । केहि बर्ष अघी सम्म पुराना रुखबाट मात्र उत्पादन लिइरहेका किसानले अहिले जुनार र सुन्तलाका विरुवा रोप्न थालेका छन् । एक समय बजार नभएको भन्दै किसानले जुनार सुन्तलाको बगैंचा मासेर परम्परागत खेति प्रणाली सुरु गरेका थिए ।

जुनार सुन्तलाको व्यवसायीक उत्पादन हुने सुकाजोर, रामेछाप, ओख्रेनी, रामपुर, हिमगंगा र सालुमा गत बर्ष देखि जुनार सुन्तला लगाउने किसान थपिएका हुन् । तुलनात्मक रुपमा जुनार भन्दा सुन्तलाका विरुवा लगाउने किसान बढी देखिएका छन् । सुन्तलाले जुनारको भन्दा धेरै बजार मूल्य पाउने भएको र रोगकिरा समेत न्यून लाग्ने भएकाले किसानहरुले सुन्तलाका विरुबा बढी मात्रामा लगाएका छन् ।

रामेछाप नगरपालिकामा ३ वटा व्यवसायीक नर्सरीमा उत्पादन भएका विरुवाले नपुुगेर किसानहरुले बाह्य जिल्लाबाट पनि विरुवा मगाएर रोपेका छन् । ओख्रेनीका अगुवा किसान शेरवहादुर तामाङका अनुसार गत बर्ष उनले झण्डै ३ हजार विरुवा हुर्काएर बिक्री गरेका थिए । ति सवै जोगिएका र आगामी साल देखि उत्पादन दिने अवस्थामा पुगेका छन् । ओख्रेनीका पदमवहादुर तामाङ, धनमान तामाङ र सालुका भिमहादुरले उत्पादन गरेका विरुवा पनि उनकै नर्सरीकै हाराहारीमा थिए । ति सवै नर्सरीका विरुवा गत बर्ष बिक्री भएर सकिए ।

प्रधानमन्त्री कृृषि आधुनिकी परियोजना रामेछापले उपलव्ध गराएको हाईटेक नर्सरी र स्थानीय नर्सरीमा विभिन्न जातका विरुवा उत्पादन गरेका शेरवहादुरले यो बर्ष मात्र झण्डै ३ हजार विरुवा विक्री गरीसकेका छन् । झण्डै ६ हजार विरुवा बनाएका उनले अरु विरुवा पनि विक्रीका लागि बुकिङ भइसकेको बताए । उनले जुनार र सुन्तलाको बराबरी जस्तो विरुवा बनाएका थिए । उनको नर्सरीमा हुर्किएका झण्डै ५ सय कागतिका विरुवा भने त्यति विक्री भएका छैनन् । जुनार र सुन्तलाको तुलनामा कागति खोज्ने किसान थोरै भएको उनले वताए ।
तामाङका अनुसार प्रधानमन्त्री कृषि आधुनिकि परियोजनाले जोन क्षेत्रमा समेटेका भन्दा बाहेकका किसानले पनि तिव्र रुपमा जुनार सुन्तला लगाएका छन् । परियोजनाले कार्यक्रम समेटेको कतिपय क्षेत्रमा विरुवामा अनुदान, बगैंचा व्यवस्थापन, सिंचाई, औजार, तालिम, विषाधि सहयोग गर्ने गर्छ । त्यस बाहेक वजार व्यवस्थापनमा समेत परियोजनाको सहयोग हुदै आएको छ ।

कलमि गरिएका विरुवा लगाएको ३ बर्ष देखि फल दिन थाल्ने भएकाले किसानले नगदे बालीको रुपमा छोटो अवधिमानै आयआर्जन गर्न सक्ने अवस्था रहेको उनले वताए । स्थानीय भुलवहादुर तामाङका अनुसार हरेक बर्ष जुनार सुन्तलाको भाउ वढीरहेकोले पनि किसानहरुलाई खेतिमा आकर्षण थपिएको छ ।

सरदर ४० देखि ५० रुपैयाँ केजिमा विक्री हुने गरेको जुनार गएको दुई बर्ष देखि ह्वात्तै बढेको छ । किसानले बगैंचामानै कम्तिमा ७५ रुपैयाँमा जुनार विक्री गर्न थालेका छन् । अफ सिजनमा जुनारको भाउ झण्डै २ सयको हाराहारीमा पुगेको छ । सिजनमा सुन्तलाको भाउ बगैंचामानै १ सय रुपैयाँ पर्न थालेको छ । उत्पादन क्षेत्रबाट झण्डै १५ किलोमिटर टाढाको मन्थली ल्याइए सुन्तलाले १ सय २० रुपैया सहजै पाउने अवस्था छ ।

‘बजारको खाँचो छैन, परियोजनाले धेरै सहयोग पुर्याएकोले खेति विस्तार गर्ने बढेका हुन्’ ओख्रेनीका किसान धनवहादुर लामा भन्छन् – काम गर्ने जनशक्तिको भने अहिले अभाव खेप्नु परेको छ । पहिले मान्छे थिए, खेति थियो तर बजार र भाउ थिएन, अहिले बजार खोज्न जानु परेको छैन्, प्रसस्त भाउ पनि आउछ, सरकारले सहयोग पनि गरेको छ तर काम गर्ने मान्छे पाईदैन् । ‘गाउँमा काम गर्ने मानिस भएको भए अझै धेरै क्षेत्रमा जुनार सुन्तलाको विरुवाले ढाक्ने अवस्था थियो ’ लामाले भने – गर्न सक्नेले गाउँघरमै बसेर बर्षको ४÷५ लाख कमाएका छन्, तर नसक्नेको बारीमा झार पलाएर वसेको छ ।

समुन्द्र सतह देखि ८ सय मिटर उचाई बाट १ हजार ५ सय मिटर सम्मको भू बनोटमा जुनार र सुन्तलाको खेति गर्न सकिन्छ । उत्तर फर्किएको रसिलो जग्गामा धेरै मात्रामा उत्पादन हुने गरेको उक्त फलफुलमा केहि बर्ष अघी देखि औंसा रोगको प्रकोप नियन्त्रणका लागि प्रयास भइरहेका छन् । औसा किराको प्रकोपले जुनार उत्पादक किसानहरु केहि बर्ष संकटमा थिए । तर स्थानीय सरकार र परियोजनाहरुले विषाधि छिट्ने अभियान चलाएपछि व्यवसायीक बगैंचामा उक्त रोग हम्मेसी देखा परेको छैन् ।

उत्तर पश्चिम रामेछापको फुलासी, डडुवा लखनपुर , दिमी, हिलेदेवि, बेथान जस्ता क्षेत्रमा पनि जुनार सुन्तलाको खेति हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन उद्घाटन

रामेछाप । रामेछापको मन्थलीमा निर्माण भएको जिल्ला ट्राफिक कार्यालयको भवन शुक्रबार उद्घाटन गरिएको छ । बागमति प्र..

1 दिन पहिले

जुनार सुन्तला राेप्ने किसान बढ्दै

मेछाप । जुनार सुन्तला लिन घरगाउँमै व्यवसायी आउने र प्रसस्त भाउ पाउन थालेपछि दक्षिणी रामेछापका किसान जुनार सुन्त..

1 दिन पहिले

सुनापतिको पूँजिगत खर्च ७६ प्रतिशत

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले गत आर्थिक बर्षका लागि विनीयोजन गरेको पूँजिगत तर्फको बजेट मध्ये ७६ प्र..

1 दिन पहिले

विपद्मा परेका किसानलाई काँग्रेसले दियो हल गोरु

रामेछाप । अविरल बर्षाका कारण गोठ भन्दा माथिबाट झरेको पहिरोले किच्दा हल गोरु गुमाएका रामेछापको लिखु तामाकोशी गाउ..

2 दिन पहिले

खत्रीले पाए घरमै नागरिकता

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ७ का टीकाबहादुर खत्रीले बिहिबार घरमै नागरिकता प्रमाण पत्र प्राप्त गरेका छ..

2 दिन पहिले