बहुरिदै रामेछाप बजार
2 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – जिल्लाको दक्षिणी ढोका सेलेघाट बाट रामेछाप वजार हुदै सॉघुटार जोड्ने सडक कालोपत्र हुन थालेपछि रामेछाप वजारबासी सदरमुकामले दिएको विगतको पिडा विर्सेर भविष्यको सपना वुनिरहेका छन् ।ठिक ३६ बर्ष अघि जिल्ला सदरमुकाम सर्दा उनिहरुको छाति छियाछिया बनेको थियो । स्याल कराउने डांडाको रुपमा परिणत भएको रामेछाप बल्ल बहुरिएको छ ।
अव त्यहि कालोपत्रे चौडा सडकले वनाउने सहजता ,जग्गाजमिनको भाउ वृद्धि, नगरपालिकाको चमकझमक , पुष्पलाल पार्क , भालुखोप भ्यू टावर र सुविधा सम्पन्न जिल्ला अस्पताल लगाएतका पूर्वाधारले उनिहरुको छियाछिया परेको छातिमा नयॉ उर्जा थपेको छ । ‘रामेछाप अव अरु भन्दा कम छैन ’ रामेछाप नगरपालिका ८ नम्बरका पूर्व वडाअध्यक्ष केदार कार्की भन्छन् – सदरमुकामबासी समेत हाम्रो नगरको विकास, पर्यटन र वातावरणका लागि आर्कर्षित भइरहेका छन् । सदरमुकाम मन्थलीमा पुग्ने जो कोहि रामेछाप नपुगी नफर्कने गरेकाले पनि रामेछाप अव पहिलेको जस्तो खण्डहर छैन । गुल्जार वन्दै गएको छ ।
‘भयो अव ति दिन नसम्झदै राम्रो ’ स्थानीय हरी साई भन्छन् – २०४५ सालको फागुनमा जिल्ला सदरमुकाम मन्थली झरेको पिडाले धेरै बर्ष सम्म निद हराएको थियो । व्यापार सुक्यो, रोजगारी गुम्यो, कृषि उपज सडे । जग्गा घर घडेरीको भाउ पातालमा पुग्यो । साई भन्छन् – सवै तिर चौपट्ट भयो, जिल्लाभरीका मानिस आउजाउ हुने थलोमा दिउँसैं भुतले तर्साउला झै भएको थियो । कतिपय व्यवसायी र स्थानीयले रामेछापलाई चटक्कै छोडेर अन्यत्र गए । तर अन्यत्र जान रुचि नहुनेले रामेछापलाई संकटका बेला जोगाए र अहिलेको अवस्थामा डोहो¥याउन निरन्तर लागे ।
२०४५ को भुकम्प अघी रामेछापमा कच्चि घरहरुका विचमा चटक्क परेको चप्लेटी ढुंगा छापेको सडक थियो । केहि भिरालो जमिनमा दुई तर्फ लहरै मिलेका घरहरु थिए । २०४५ सालको भूकम्पले धेरैका घर भत्कायो । जुन बंचे र मर्मत गरेर फेरी ठडिएका थिए, तिनलाई २०७२ सालको विनासकारी भुकम्पले फेरी लडायो । भग्नावशेस भएको रामेछाप अव लर्तरो भुकम्पले नलड्ने गरी उठेको छ । वजारमा भुकम्प प्रतिरोधि पक्कि भवनहरु अग्लिदै छन् । सुविधा सम्पन्न भवन निर्माणले रामेछाप अव पहिलेको भन्दा फरक दृष्यमा देखिन थालेको छ । सानो, शान्त र रमाईलो रामेछापमा जग्गा जमिनको भाउ आकाशिन थालेको छ ।
सरकारले रामेछापलाई ८ बर्ष अघी नगरपालिका वनायो । साविकका गोठगाउ र हिमगंगा सम्मका भुभागलाई जोडेर वनेको नगरपालिकाले नगरको वृहत्तर विकासका लागि विभिन्न योजनाहरुको खाका कोरेको छ । नगर प्रमुख लबश्री न्यौपाने भन्छन् – अधिकांश ग्रामिण क्ष्ँेत्र रहेको नगरका विकासका पूर्वाधारहरुको पहिचान र प्राथमिकीकरण गरीसकिएको छ । भू टावर, स्वास्थ्य पूर्वाधार, मेरुदण्ड सडक, जस्ता योजनाले रामेछाप नगरमा गति लिएको उनले वताए । खानेपानी, सिंचाईको प्रवन्ध लगाएतका विकासका मुद्धा अव फेरी उठाउनु नपर्ने गरी हल गर्ने प्रयास भएको उनले वताए । केहि बर्ष देखि रामेछाप वजार नजिकैको भंगेरीमा पुष्पलाल पार्क वन्दैछ । संघीय सरकारले उक्त पार्कका लागि झण्डै आधा अरबको लगानी गर्ने गरी डिपिआर वनाएको छ । तर कनिका छराईको बजेटका कारण बर्षौ सम्म निर्माणमानै लाग्ने देखिएकोले स्थानीय त्यति धेरै उत्साहि छैनन् ।
बजारको पश्चिमतर्फको उक्त पार्क समयमानै निर्माण भए मुलुकभरका कम्युनिष्टहरुको तिर्थस्थल त बन्ने छ नै , जिल्ला र बाहिरबाट आउनेले दर्शन गर्न लायकको शान्त मनोरम र चिटिक्क परेको हुनेछ । ‘यो पार्कले अव रामेछापलाई थप उजिल्याउने छ ’ स्थानीय गौतम श्रेष्ठ भन्छन् – प्रचार प्रसार र सामुदायिक होमस्टे लगाएतको कुरामा अव हाम्रो ध्यान जानेछ । भंगेरीलाई राजनीतिक पर्यटकिय स्थान वनाउन स्थानीय आतुर छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको भंगेरीमा जन्म भएको थियो ।
बजार भन्दा पूर्वि भागको विकासले अझ धेरै अर्थ राख्ने छ । सुकाजोरको कवर्ड हल र ताराखसे पोखरी अनि भालुखोपको टावरको निर्माण पछि आन्तरिक रुपमा त्यस तर्फ पर्यटक तान्ने पक्कापक्कि छ । ७ नम्बर वडाका अध्यक्ष समिर कार्की भन्छन् – आन्तरिक पर्यटनमा सुकाजोर अव नगरकै अग्रणी वडामा रुपान्तरण हुदैछ । त्यसमाथि नगर प्रमुख न्यौपाने ओख्रेनीमा बुद्धको ठुलो मुर्ती राख्ने सोचमा छन् । यदि उक्त कार्य समेत भए रामेछापबाट लस्करै पर्यटकीय केन्द्रहरु ओख्रेनी सम्म पुग्नेछन् ।
रामेछाप वजारमा हरेक विहिबार साप्ताहिक हाट वजार लाग्छ । जिल्ला सदरमुकाम हुदा जस्तो नभएपछि साप्ताहिक हाट वजार स्थानीय उत्पादन खरिद विक्री गर्ने थलोको रुपमा कायमै छ । ‘पहिले धेरै ठुलो हाट लाग्थ्यो ’ स्थानीय बाबुराम श्रेष्ठ भन्छन् – अहिले सानो लाग्छ, तर पनि हाट वजारका लागि स्थानीयहरु नगरपालिका नजिकै टहरामा झुम्मिन्छन् । लोकल कुखुरा, स्थानीय स्तरमा उत्पादन भएको साग सव्जी , गेडागुडि, खसी बोका, फलफुलका लागि रामेछाप हाट जिल्लामानै प्रख्यात छ । जिल्ला सदरमुकाम मन्थली मात्र उत्तरी जिल्ला दोलखा देखिका व्यवसायीहरु रामेछाप हाटबाट स्थानीय उत्पादन खरिद गर्न पुग्छन् । रामेछापले खसि बोका आफ्नो जिल्लामा मात्र नभै आसपासका जिल्लामा समेत दिन सक्ने हैसियत राख्छ ।
सेलेघाट देखि रामेछाप वजार हुदै सांघुटार जोड्ने झण्डै ५० किलोमिटर सडकको अधिकांश भाग रामेछाप नगरपालिकामा पर्छ । एक्जीम बैंकको झण्डै २ अरब लगानी हुने उक्त सडक निर्माण पश्चात रामेछापलीले काठमाण्डौं र तराइका जिल्लाको साईनो जोड्न थप सजिलो हुनेछ । अहिले जिल्ला सदरमुकामबाट १३ किलोमिटर कालोपत्र सडक जोडिएको रामेछाप बढीमा २ बर्ष पछि सेलेघाट तर्फको सडकले अझ सहज गन्तव्यको रुपमा खडा हुनेछ ।
सदरमुकाम नभएपछि केहि सरकारी कार्यालय र कर्मचारीको संगत रामेछापले पाईनैरहेको छ । जिल्ला अस्पताल , जनस्वास्थ्य कार्यालय, कारागार, भू तथा जलाधार कार्यालय डिभिजन वन कार्यालय र नेपाली सेनाको व्यारेक रामेछापमा छन् । थोरै मात्र भएपनि सरकारी कार्यालय रहेको रामेछापमा बैंक तथा वित्तिय सेवा प्रयाप्तनै छ ।
जिल्लालाई चिनाउने जुनार उत्पादन हुने रामेछाप समून्द्र सतह देखि करिव १ हजार ४ सय मिटरको उचाईमा रहेको छ । बाह्रै महिना उपयुक्त हावापानी रहने रामेछापबाट हिमाली दृष्यावलोकन सहजै गर्न पाईन्छ । सुन्दर रामेछापलाई अव सदरमुकामको घाउले झस्काउने हैन, बरु धेरै पर्यटकहरुलाई बोलाएर जिल्लाकै अव्वल पर्यटकीय स्थानको रुपमा पहिचान दिलाउन तिर लाग्ने हतारो छ ।
कमेन्ट गर्नुहोस्
तुँवालोले छेक्यो लुक्लाको उडान
रामेछाप । बाक्लो तुँवालोका कारण रामेछापबाट आज विहानै देखि लुक्लाका लागि उडान हुन सकेका छैनन् । लुक्लाका लागि आज ..
7 घन्टा पहिले
सार्वजनिक सडक बिक्री हुन्छन् रामेछापमा
टीकाप्रसाद भट्ट रामेछाप । सडक निर्माण भएको जमिनलाई नापी नक्शामा रेखाङ्कन नगर्दा रामेछापका जिल्ला स्तर देखि ग्र..
8 घन्टा पहिले
माकादुमको खत्रीगाउँमा खानेपानी पु¥याएपछि सगुन खुवाएर ख..
टीकाप्रसाद भट्ट रामेछाप। खडेरीका कारण खानेपानीकाे श्नाेतमा पानी सुकेर बर्षाै देखि खानेपानीकाे सास्ती खेप्द..
2 दिन पहिले
लुतो निको पार्न धामी झाँक्रीको ढ्याङ्ग्रो
टीकाप्रसाद भट्टमन्थली । अरु रोगको त कुरो छाडौं शरिरभरी लुतो आउदा पनि डडुवाको थामीगाउँमा रातभर ढ्याङग्रो बज्छ । &ls..
2 दिन पहिले
उत्कृष्ट शिक्षक शिक्षिका सम्मानित
रामेछाप । रामेछाप जिल्लामा रहेका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट पठनपाठन गर्दै आएको मन्थली माविले विद्यालयक..
3 दिन पहिले