+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

चकमन्न बन्यो मन्थलीघाट बजार

7 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – मन्थली पुल नजिकको बजार अचेल चकमन्न छ । सगै रहेका घरहरु थोत्रिएर पुराना वनेका छन् । पहिले खुट्टा हाल्ने ठाउँ नपाइने पसल घर हरु रित्तिएका दशक भएको छ । फेरी यो ठाउंको गुल्जार होला भन्ने स्थानीयलाई आशा छैन् । त्यैपनि गौंडो कुरेकै छन् । धेरैले यो वस्ती छोडे, तर केहि अझै बाँकी छन् ।

पहिले काठको डुङ्गा तार्ने घाट हुदाँ होस या आधुनिक झोलुङ्गे पुल निर्माण भएपछिका दिन हुन् मन्थली घाटको सानो बजारले यस प्रकारको नियास्रोका दिन कहिल्यै देख्नु र भोग्नु परेको थिएन । जिल्लाका ठुलाबडा देखि सर्वसाधारणको लावा लस्कर यहि बाटो भएर वारी र पारि गर्दथ्यो । आजभोली भने कोहि नौलो मानिस हिडीहाल्यो भने को हो ? भन्नु पर्ने दिन आएको स्थानीय ओमबाबु पुुरीले वताए । तराईबाट पूर्व पश्चिम राजमार्गले काठमाण्डौं जोडेपछि पूर्व तिरबाट काठमाण्डौं जाने आउन छाडे, नत्र पूर्वको भोजपुर देखिबाट काठमाण्डौं जाने पनि यहि गौंडा कटेर जानु पर्दथ्यो । त्यसबेला घाटमा माझीहरुले मन्थली तर्फ व्यापार व्यवसाय गर्थे । पुल निर्माण पछि मात्र यो बजार बसेको हो ।

पुलको सुविधा त अन्यत्र पनि थियो । तर मन्थलीघाटको पुलले जिल्लाको ठुलो अर्थ राख्थ्यो । रामेछापको पश्चिमी क्षेत्रमा पर्ने साविकका करिव २० गाविसका बासिन्दा यहि पुल तरेर जानु पर्दथ्यो । २०३४ सालमा पुल निर्माण पश्चात झण्डै ३५ बर्ष यस बजारका बासिन्दाले एकलासको अनुभव गर्नुनै परेन । त्यहि महत्वकै पुल भएका कारण द्धन्दकालमा माओवादीले पुल काटेर झार्ने कोशिस गरेका थिए । पुलका चारैवटा लठ्ठा काटिरहेका बेला एक्कासी गोली पड्किएपछि माओवादी भागेर पुल बच्यो । त्यसपछि उक्त पुलमा बेलुका वारीपारी गर्न नपाइने गरी ढोका लाग्यो, ठुल्ठुला उज्यालो प्रकाश दिने वत्ति राखिए , सुरक्षाको गस्ति खटाएको थियो ।

‘काजिदाश साहु र मैले अक्कर भिर मुनिको कोशिको किनारमा व्यापार सुरु गरेका हौ’ व्यवसायी ज्ञानभक्त श्रेष्ठ भन्छन् – बर्षाको बेला कोशिको डर हुन्थ्यो । ‘अहिले भन्दा धेरै ठुलो बाढी आउथ्यो त्यो बेला ’ श्रेष्ठ भन्छन् – सतर्क भएर वस्थ्यौं । माथिको पहराबाट ढुंगा झर्ला भन्ने अर्को पिरलो थियो ।

श्रेष्ठ र काजिदाशले कयौं बर्ष एकलौटि व्यापार व्यवसाय गरे । केहि बर्ष पछि पशुपतिवहादुर खड्का त्यहि पुलको गौंडोमा दोकान थाप्न पुगे । तिनै जना व्यवसायीले पश्चिमी रामेछाप तर्फको आवश्यकता धानेका थिए । पुलको नाकामा नपाउने भन्ने केहि थिएन । दैनिक व्यवहारलाई आवश्यक सवै सामाग्रि विक्री वितरण हुन्थ्यो । नुन देखि सुन सम्म पाईने वजार यति चाडै यस्तो कन्तविजोगको अवस्थामा होला भनेर त्याहाँ वसोसास गर्ने कसैले सोचेका थिएनन् ।

२०७१ सालमा आकाशे क्षेत्रमा पक्कि पुल निर्माण पश्चात मन्थलीघाटको भाग्य खोसिएको हो । व्यापारिक सामाग्रीहरु पक्किपुल हुदै सडक मार्ग भएर सिधै गाउँगाउँ पुग्न थाले । आकाशे पुल देखि मुगिटार तर्फको सडक मन्थलीघाट नजिकैबाट गएको छ । वजार माथि मोटर बाटो वनेपछि बजार एक्लियो, उजाडियो र भग्नावषेश जस्तै बन्यो ।

मन्थली घाट वजारले चिनिने उक्त स्थानमा २५ घर पुगेका थिए । सुरुमा सार्वजनिक जग्गा थियो । पछि सरकारले अव्यवस्थित वसोवासको नाममा ९ परिवारलाई जग्गा दियो । बांकी अहिले पनि ऐलानी जग्गामानै घर छन् । तै जग्गा देला कि भनेर मानिसहरुले घर भत्काईहालेका छैनन् । पुराना जिर्ण वनेका घरमा पनि ताला झुण्डिएकै छन् ।

मुख्य नाकाको रुपमा आवत जावत घटेको सुनसान बजारमा खुल्ने एउटा दुईटा खुद्रे पसलले अहिले सानोतिनो व्यापार धानेका छन् । केहि पूर्वि किनारको पुलको खम्बा भएका तिर सरे । खेतमा पानी लगाउने, स्कुल जाने आउने विद्यार्थी अनि माछा मार्ने काममा कोशिमा पुगेकाले वजार धानेका छन् । ति सवै स्थानीयनै हुन् । वाहिरीयाको पाईलो पर्दैन । सवै मोटरबाटोबाट आवतजावत गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले