माकादुमको खत्रीगाउँमा खानेपानी पु¥याएपछि सगुन खुवाएर खुसीयाली
8 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप। खडेरीका कारण खानेपानीकाे श्नाेतमा पानी सुकेर बर्षाै देखि खानेपानीकाे सास्ती खेप्दै आएका खाँडादेवि ६ खत्रीगाउँका बासिन्दाले मंगलबार टोलमा खानेपानी झरेपछि खुसीयाली मनाएका छन् ।
वडा अध्यक्ष नारायण कार्कीको सक्रियतामा खत्री गाउँको टोल टोलामा पानी झरेको खुसीयालीमा उनीहरुले घर घरबाट दहिको ठेकीनै बोकेर पानीका लागि खट्नेहरुलाई सगुन खुवाएका छन् । यस अघी एक गाग्री पानीका लागि पौनेघण्टा तलको पधेरामा पुग्न स्थानीय बाध्य थिए । अव सास्ती हटेको भन्दै स्थानीयले दिनभर जस्तो खुसीयाली मनाए ।
बर्षौ अघी पानीको श्रोत भएको खत्रीगाउँमा जमिन भन्दा १ सय ८० मिटर तलको पानी बोरिङ गरेर निकालेर ७ सय ५० मिटर माथि डाडाँमा लगिएको छ । वडा अध्यक्ष कार्की भन्छन् – प्रति सेकेण्ड ४ लिटरको दरले माथि डाडाँमा झरेको पानीलाई हाल अस्थायी रुपमा टोल टोलमा वितरण गरिएको छ । ‘मंगलबार देखि गाउँलले खानेपानी खान थाले ’ कार्कीले भने ।
साविकमा तामाकोशी सेवा समितिले निर्माण गरेका साना ट्यांकी र गत बर्ष प्रदेश सरकारको लगानीमा निर्माण भएको ट्याङ्कीमा जमाएर खानेपानी वितरण गर्ने मेलो मिलाइएको छ । अव केहि अवधिमा घर पाएक पानी वितरण गर्ने गरी पाईपको व्यवस्थापन गर्न लागिएको कार्कीले वताए । उनले पाईप खरिदका लागि बोलपत्र आव्हान भइसकेकोले चाडै पाईप माकादुम आउने वताए ।
‘बोरिङ गर्न लाग्दा धेरैले पानी आउदैन भनेका थिए’ कार्कीले भने – तर राम्रो पानी आयो, अव झण्डै ३ सय परिवारलाई यहि पानी वितरण गर्ने योजना छ । माकादुममा झण्डै ७ सय परिवार वसोवास गर्ने तथ्याङ्क छ । तर झण्डै २ सय परिवार नियमित रुपमा माकादुम वस्न छोडेर काठमाडौं तिर वसोवास गर्नेछन् । ५ सय परिवार मध्ये झण्डै २ सय परिवारले हाल अन्य श्रोतको खानेपानी प्रयोग गर्दै आएका छन् ।
हामी ३ सय परिवारलाई पानी वितरण गर्ने तर्फ आवश्यक पहल गरीरहेका छौं वडा अध्यक्ष कार्की भन्छन् – घरमा पानी पु¥याउने र त्यसलाई जम्मा गर्न वडालेनै ट्यांकी समेत वितरण गर्नेछौं । वडा कार्यालयको बजेट बाट यस बर्ष ५ सय लिटर पानी अटाउने ५ सय वटा प्लाष्टिकका ट्याङ्की खरिद गरेर स्थानीयको घर घरमा पु¥याउने लक्ष्य राखिएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
