रामेछाप । रामेछापको हिमगंगामा मंगलबार ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवकलाई बुधबार प्रहरीले प्रकाउ गरेको छ ।
रामेछाप नगरपालिका ४ मा आफ्नै घरमा रहेकी ६१ वर्षीया महिलामाथि मंगलबार जबरजस्ती करणी भएको थियो । करणी गरी फरार रहेका इटहरी उप महानगरपालिका १७ घर भएका २१ वर्षिय प्रेम बिसुन्खेलाई रामेछाप ४ बोलुङबोलुङ स्थित एक खाली घरमा लुकिछिपि बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरिक्षक सन्तुलाल जैसवारले बताएका छन् ।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धोबीँडाँडाबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास थालेको थियो। खोजतलासका क्रममा रित्तो घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
पक्राउ परेका बिसुंखे विरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको रामेछाप जैसवारले बताएका छन् ।
