रामेछाप । रामेछापको सुकाजोर स्थित मुगानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । विहिबार अपरान्ह सो घटनाका बारेमा जानकारी पाएपछि प्रहरी मुगानका लागि परिचालन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रामेछाप नगरपालिका ७ का ईन्द्रवहादुर हायुकी ५८ बर्षिय श्रीमति चिनीमाया हायु घर भित्रै शव फेला परेको हो । मृतकको शव पोष्टमार्टमका लागि रामेछाप अस्पताल ल्याईने भएको छ । प्रहरीले घटनाको छानविन थालेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।