अर्गेलीको झाङ बढाउदा पैसाको चाङ
3 महीना पहिले प्रकाशित
_1743484198.jpg)
टीकाप्रसाद भट्ट
गुम्देल ( रामेछाप) – खेति गर्ने मानिस नभएर के भयो ? गुम्देलका बासिन्दाले आफ्नो जग्गामा परम्परागत खेति छोडेपनि बैकिल्पीक खेति मनग्यै कमाउन थालेका छन् । अर्गेलीको झाङ बढाउदै पैसाको चाङ बनाउन स्थानिय लागिपरेका छन् ।
आलु गहुँ र मकै खेति गर्नका लागि कामदारको अभाव भएपछि उत्तरी रामेछापको गुम्देलमा व्यवसायीक रुपमा अर्गेली खेति गरेर आर्जन गर्छन् । केहि बर्ष यता बाँझो भएको जग्गामा अर्गेली लगाउने ह्वात्तै बढेका छन । गुम्देलमा अहिले हम्मेसी खेतियोग्य जमिन बांझो बसेको छैन । सवैतिर अर्गेली हुर्किएको छ । अर्गेली लगाउदा अरु खेतिमा जस्ताे बन्यजन्तुले सास्ती पनि दिएकाे छैन् ।
पहिले बनमा कता कति पाईने अग्रेली अहिले पहिले मकै र गहुँ हुने जग्गामा बाक्लै हुर्किएको देखिन्छ । अर्गेली लगाएपछि विना मेहनत बर्षौ सम्म बसि बसि पैसा आउने भएपछि किसानहरु त्यसतर्फ आकर्षित भएका हुन । स्थानीय जाङ्बु शेर्पा भन्छन – गोडमेल, मलजल गर्नु नपर्ने भएकाले अर्गेली लगाउन किसानहरु हौसिएका हुन । ‘अरु बालिका लागि हरेक बर्ष कामदार, मल विउ, गोरुका लागि पैसा तिर्नुपर्ने ’ शेर्पाले भने – अर्गेलीको डाक्लो रोप्यो त्यसको झाङ्ग बढे सगैं पैसाको चाङ आउन थाल्छ ।
अर्गेली उच्च पहाडि क्षेत्रमा पाईने वनस्पति हो । यसको बोक्राबाट रेसा निकालेर गुणस्तरको कागज वनाउनका लागि प्रयोग गरिन्छ । जापानीज ऐन वनाउनका लागि अर्गेलीको प्रयोग हुने भनाई छ । होचो भू भागमा अर्गेली हुदैन । त्यसका लागि १ हजार ५ सय मिटर माथिको ओसिलो र चिसो हावापानी भएको जग्गा चाहिन्छ ।
अर्गेली लगाएपछि ३ बर्षमा काट्न मिल्छ । एक पटक लगाएको अर्गेलीले बर्षौ सम्म उत्पादन दिन्छ । बोक्रा छिप्पीनका लागि लागि एक पटक काटेको अर्गेली फेरी अर्को पटक काट्नका लागि ३ बर्षकै फरक पार्ने चलन छ । काट्दा सवै झाङ्गनै रित्तो हुन्छ । फेरी ठोसा टुसाएर आउछ, त्यसलाई ३ बर्षमा काट्ने गरिन्छ ।
शेर्पाका अनुसार गुम्देलका खालि जग्गामा घटीमा ५ सय देखि बढीमा १ हजार ८ सय सम्म अर्गेलीका झाङ्ग हुने किसानहरु छन । यो बर्ष गुम्देलबाट मात्र ५ हजार केजि तयारी अर्गेली बाहिरीने अनुमान गरीएको छ । मंसिरको तिर काट्ने अर्गेली अव बाह्य बजारमा लैजाने तयारीमा किसानहरु जुटेका छन् । बर्षायाममा अर्गेली काट्दा राम्रो संग घाम नलाग्ने भएकाले सुकाउन कठिन हुने हुदा हिउँदका महिनामा रोज्ने गरिन्छ । ‘पानीले भिज्यो भने अर्गेलीमा कालो टिका देखिन्छ, त्यस्तोले राम्रो भाउ पाउदैन’ शेर्पाले भने ।
एक झाङ्ग अर्गेलीको बोटबाट वजार लैजान योग्य तयारी बोक्रा ५ सय ग्राम देखि बढीमा २ केजि सम्म आउछ । अग्रेली खोज्दै घर करेसामा आउने व्यापारीले तयारी अर्गेली बोक्राको ४ सय ५० रुपैया केजि दिने गरेका छन । उक्त अर्गेली बाहिरी मुलुकमा कति पैसामा पठाउछन् ? भन्ने कुराको जानकारी उच्च पहाडमा अग्रेली बनाउनका लागि मरिमेटेर लागेका उत्पादक किसानलाई मेलो छैन । अर्गेली उत्पादन गर्ने किसानले भने काटेको डाक्ला र पातै सहितको अर्गेली प्रतिकेजि ७ रुपैया ५० पैसामा जोखेर दिने गर्छन ।
गुम्देलको अर्गेली संकलनका लागि प्रति केजि १ रुपैंया संकलन दस्तुर तिर्नुपर्छ । दस्तुर तिरेर संकलनका लागि अनुमति लिनेकै संख्या ८÷१० जना छ । बाहिरी जिल्लामा निकासीका लागि अलग्यै कर तिर्नुपर्छ । संकलकले अर्गेली काट्ने, ढुवानी गर्ने, संकलन गर्ने, पकाउने र बोक्राबाट रेसा निकालेर काठमाण्डौं पठाउने तिनै अनुमति पाएकाले गर्ने गरेको शेर्पाले वताए ।
स्थानीय कर्मावाङ्गछु शेर्पाका अनुसार अर्गेलीको लोकता निकाल्नका लागि फलामको ड्रममा पानी राखेर उमालिन्छ । ड्रम माथि काठको बाकसमा अर्गेली राखिन्छ । पानी उम्लदा माथिको बाकसमा राखेको अर्गेली बफिन्छ । बफिएपछि बोक्रा निकाल्न सजिलो हुन्छ । त्यस्तो बोक्रालाई राम्रो संग सुकाइन्छ र वजारमा पठाइन्छ ।
रामेछापको गुम्देलका अतिरीक्त वाम्ती, चुचुरे, रस्नालु, डडुवा र गौश्वारा क्षेत्रमा पनि अर्गेली खेति हुने गरेको छ । तर उक्त क्षेत्रमा भने व्यवसायीक अर्गेली लगाउने गरिएको छैन ।
कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
17 घन्टा पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
19 घन्टा पहिले
सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..
रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..
1 दिन पहिले
एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..
रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..
1 दिन पहिले
काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता

