रामेछाप । रामेछाप नगरपालिका ५ रामपुरको बसन्तपुर ठिउरे स्वाराबेसीको सामुदायिक बनमा लागेको डढेलोका कारण घर गोठ गुमाएका परिवारलाई रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले बुधबार राहत वितरण गरेका छन् ।


नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बालकुमारी कार्की थापा सहित रेडक्रसका प्रतिनिधिहरुले रामपुर पुगेर घरबार विहिन हुन पुगेका पविारलाई त्रिपाल, खाद्यान्न र अन्य सामाग्री वितरण गरेका हुन् । मंगलबार स्थानीय जंगलबाट सल्केको डढेलोले रामेछाप ५ का कमाने रानामगर, गुणराज सुनुवार र गोपालवहादुर सुनुवारको २ घर र ५ वटा गोठ जलेका थिए ।