तल्लो लिखु क्यासकेड जलविद्युत आयोजना रोक्न स्थानीयको माग
5 महीना पहिले प्रकाशित

रामेछाप । केहि बर्ष देखि लिखु नदीको पानीबाट २८ दसमलव २ मेघावाट विद्युत उत्पादन गरी व्यापार गर्दै आएको स्वेतगंगा हाईड्रोपावर लिमिटेडले अर्को आयोजना समेत निर्माण प्रकृया सुरु गरेपछि पूर्वि रामेछापको साँघुटारका बासिन्दाले स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
रामेछापको लिखु तामाकोशी ४ रातामाटा पुछारमा निर्माण भएको आयोजनाको विद्युत गृहबाट निस्केको पानीलाई फेरी उपयोग गरी विद्युत निकाल्ने कुराको सर्बेक्षण हुन थालेपछि सोमबार स्थानीय किसानहरुले रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र वुझाएका हुन् ।
यसअघी स्थानीय स्तरमा कुनै छलफल नगरी एकैपटक आयोजना निर्माणको चरणमा पुगेको जानकारी पाएका स्थानीयहरुले उक्त आयोजना निर्माण भएमा आफ्नो परम्परा देखि कृषि उपयोग गर्दै आएको बलौटे र लामविरे बेसीको झण्डै ४ सय ५० रोपनी खेत बाँझो वस्ने भन्दै उक्त आयोजना निर्माण प्रकृया रोक्न माग गरेका साँघुटारका जनप्रतिनिधि नबराज ढकालले वताएका छन् ।
स्थानीयको माग पत्र वुझ्दै नगर प्रमुख लबश्री न्यौपाने र प्रमुख जिल्ला अधिकारीले आयोजना निर्माण गर्दा समस्यामा पर्ने स्थानीयको माग संवोधन हुनेमा आशावादी हुन आग्रह गरेका थिए । आयोजना निर्माण गर्दा स्थानीय बासिन्दामा पर्ने प्रभावका बारेमा आयोजना कार्यान्वयन गर्ने पक्ष संग छलपफल गर्ने भन्दै उनीहरुले स्थानीयहरुलाई आश्वस्त पारेका छन् ।
झण्डै तीन बर्ष अघी मात्र स्वेतगंगा हाईड्रोपावर लिमिटेडले रामेछापको सिरेसे भन्दा केहि माथि लिखु नदीमा बाँध बाँधेर लिखु – ३ जलविद्युत आयोजनाको नामबाट विद्युत उत्पादन गर्न थालेको थियो । आयोजनाले उक्त विद्युत निकाल्नका लागि लिखु थुन्दा सिरेसे फाँट लगाएतका क्षेत्रमा सिंचाईको समस्या भोग्नु परेको भन्दै स्थानीय किसानहरु आक्रोशित हुदै आएको बेला सोहि कम्पनीले फेरी अर्को आयोजना निर्माण शुरु गर्ने सुरसार गरेपछि लिखु किनारमा आक्रोश बढेको हो ।
उक्त कम्पनीले तल्लो लिखु क्यासकेड जलविद्युत आयोजना निर्माणको सम्भाव्यता अध्ययनको लागि २०७९ साल चैत २६ गते विद्युत विकास विभागबाट अनुमति पाएको थियो । उक्त अनुमति बमोजिम सर्बेक्षणको गर्न सानीमा हाईड्रो एण्ड ईन्जिनियरीङ प्रालिलाई दिएको थियो । उक्त प्रालिले सर्वेक्षणको काम समेत सकेको कम्पनीको प्रतिवेदनमा उल्लेख गरीएको छ । कम्पनीले वातावरणीय अध्ययन र विद्युत खरिद संझौताका लागि समेत प्रकृया अघी बढाएको उल्लेख गरेको छ ।
रातामाटा नजिक निर्माण भएको लिखु ३ जलविद्युत आयोजनाको विद्युत गृहबाट निस्कने पानीलाई लिखुमा बग्न नदिई ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकामा पर्ने ओख्लेमा विद्युत गृहमा खसाल्ने उक्त अयाोजनाबाट ६ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
1 दिन पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
1 दिन पहिले
सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..
रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..
2 दिन पहिले
एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..
रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..
2 दिन पहिले
काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..
2 दिन पहिले
संवाददाता
संवाददाता

