शर्मिला घिमिरे, महोत्तरी,
बर्दिबास, कार्तिक २५ गते । वनदेवी माई युवा क्लब बटेश्वर , सीतापुरले आयोजना गरेको बाह्रौ वनदेवी माई अध्यक्ष गोल्ड कप प्रतियोगिता समान भएको थियो । प्रतियोगिता कार्तिक १४ गते देखि २४ गते सम्म सञ्चालन भएको प्रतियोगीतामा जनसेवी युवा क्लब बर्दिबास, महोत्तरीले बिजयी भएको थियो । वनदेवी माई युवा क्लब बटेश्वर, धनुषा दोश्रो स्थानमा विजय भएको थियो ।
यस प्रतियोगितामा वनदेवी माई बटेश्वर–२ ,धनुषा ,नमूना जनउत्थान क्लब ,सिन्धुली ,आर यफ सी हरिवन ,सर्लाही, बेंखाडी युवा क्लब महोत्तरी, वीरगन्ज युनाइटेड, पर्सा,कटारी फुटबल क्लब उदयपुर, नमोः बुद्ध युवा क्लब सप्तरी ,जनसेबी युवा क्लब बर्दिबास प्रतियोगी रहेको थियो ।


यस खेलमा बेस्ट मिड फिल्डर सुदीप श्रेष्ठ, वनदेवी माई युवा क्लब, वेस्ट डिफेन्डर शिशिर थापा, बेस्ट गोल्डकिपर आकाश श्रेष्ठ, जनासेवा युवा क्लब ,म्यान अफ द म्याच श्रृजन क्षेत्री जनसेवा युवा क्लब, बेस्ट स्कोर प्रदीप लामा, जनसेवी युवा क्लब , सर्वोकृष्ट खेलाडी शिशिर लेखी वनदेवी युवा क्लब रहेको थियो ।
यस खेल प्रति युवाहरुको आकर्षण बढाउनको लागि यस खेलको योजना गरिएको थियो । हामीले विगतदेखि हालसम्म बाह्रौ पटक खेल आयोजना भईसकेको छ । यस प्रकार को खेल आगामी वर्षको लागि पनि योजना बनाउन सुरुगरी सकेका छन् । यस खेलमा प्रथम स्थान हासिल गर्नेलाई रु १,५१,०००।– (एक लाख एकाउन्न हजार ) मात्र राशी सहित कदर पत्र र मेडलको व्यवस्था गरेको थियो । त्यसै गरी दोस्रो स्थानमा विजय गर्नेलाई रु. ५५०००। –(पचपन्न हजार )मात्र राशी सहित कदर पत्र र मेडल प्रदान गरेको थियो ।