रामेछाप । रामेछापको मन्थली नगरपालिका ३ पुरानागाउँमा नवनिर्मित शिव पञ्चायन मन्दिरको शनिबार धार्मिक पुजा अर्चना सहित प्राण प्रतिष्ठा गरिएको छ । बागमति प्रदेश सरकारको करिव ३४ लाखको लागतमा निर्माण भएको उक्त मन्दिरको मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले शनिबारनै उद्घाटन गरेका छन् ।
स्थानीय बयोबृद्ध तथा पुरोहित लोकनाथ सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवि सुरेश सुबेदी दिनेश सुवेदी र गुणराज भट्टराई लाई सम्मान गरिएको थियो । बागमति प्रदेश सरकारकाे संस्कृति तथा पर्यटन मन्त्रालयबाट बिनियाेजन भएको दुई आर्थिक बर्षको बजेट बाट साे मन्दिरको निर्माण पुरा भएको थियाे ।

