रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि नजिकै रहेको पुरानो पशुपति मन्दिर भएको स्थानमानै नयाँ मन्दिरको पुननिर्माण गरिएको हो ।
पुननिर्माण गरिएको मन्दिरको नेपाली सेनाको मध्यपूर्वि पृतनाका पृतनापति उपरथी भुवन खत्री र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले संयुक्त रुपमा गरेका छन् । यसअघी सोमबार उक्त मन्दिरमा स्थापना गरिएको पशुपतिनाथको मुर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । मन्दिर हातामा गणेश र भिमसेनको प्रतिमा समेत स्थापना गरिएको छ ।

पशुपतिनाथ मन्दिर पुननिर्माणका बागमति प्रदेश सरकारको ३० लाख , रामेछाप नगरपालिकाको २२ लाख र ८ नम्बर वडा कार्यालयबाट बिनीयोजन भएको २५ लाख समेत गरी करिव १ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । मन्दिर पुननिर्माणका लागि स्थानीय भद्रभलादमी, नेपाली सेना लगाएतले सहयोग गरेका थिए ।
कार्यक्रम मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीको अध्यक्षतामा भएको थियो । सो अवसरमा मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

