अधिकृतहरुको सम्बन्धमा एक दिने अभिमुखिकरण
2 वर्ष पहिले प्रकाशित
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, पुस २५ गते । उपभोक्ता अधिकार र उपभोक्ता अधिकार सम्बन्धि कानून व्यवस्था निरीक्षण अधिकृतहरुको सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल काठमाडौ द्वारा जनकपुरधाममा उपभोक्ता अधिकार र उपभोक्ता अधिकार सम्बन्धि कानून व्यवस्था निरीक्षण अधिकृतहरुको सम्बन्धमा अभिमुखिकरण कार्यक्रमलाई धनुषाको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले सम्बोधन गर्दै कुनै बस्तुको कृत्रिमा अभाव सृजना जमाखोरी गर्ने वा बिक्री गर्ने , गरे गराएमा दुई लाख देखी तीन लाख रुपैया सम्म जरिवाना हुने बताएका छन् ।
कार्यक्रममा उपभोक्ता समबन्धी जानकारी गराउदै वस्तु उत्पादन गर्ने उद्योगको हकमा उद्योग दार्ता को प्रमानपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता इजाजत पत्र बिक्री स्थलमा न राखेमा ५० हजार देखी एक लाख रुपैया सम्म जरिवाना हुने ऐन २०७५ बमोजिम जाचबुझ अनुगमन तथा निरिक्षण क्रममा त्यस्तो जाचबुझ अनुगमन वा निरीक्षण गर अधिकारी वा व्यक्ति , टोली वा निरिक्षण अधिकृत लाई सहयोग नगरेमा बीस हजार रुपैया सम्म जरिवाना गर्नेछ।
वस्तु वा सेवाको उत्पादक तथा विक्रेताका लागि उपभोक्ता एउटा महत्त्वपूर्ण तत्त्वको रूपमा रहेको समेत बताए ।
बजारलाई चलायमान बनाउनको लागि उपभोक्ताको महत्त्वपूर्ण भूमिका रहेको बताउदै भने वस्तु तथा सेवा उपलब्ध गराउने पैठारीकर्ता, उत्पादक र बिक्रेताले गुणस्तरीय वस्तु तथा सेवा उपभोक्तालाई उपलब्ध गराउनु आफ्नो दायित्व तथा कर्तव्य भित्र रहेको बताए ।
उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्तालाई सहज पहुँचको अधिकार, प्रतिस्पर्धात्मक मूल्यमा छनोट गर्न पाउने अधिकार, वस्तु वा सेवाबारे सु–सूचित हुन पाउने अधिकार प्रदान समेत गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
.jpg)
साथै ऐनमा मिश्रित वस्तुमा रहेको तत्त्व वा प्रतिशतबारे जानकारी पाउने अधिकार, उपभोक्ताको जिउ ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि–नोक्सानी पु¥याउने वस्तु तथा सेवाको बिक्री–वितरणबाट सुरक्षित हुन पाउने अधिकार, अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापविरुद्ध उचित कानुनी कारबाही गराउन पाउने लगायत अधिकारको पनि व्यवस्था गरेका छन् ।
यसरी उपभोक्ताको अधिकारलाई कार्यान्वयन गर्न गराउन विभिन्न निकायहरूबाट नियमित रूपमा बजार अनुगमन गर्ने गरिएको छ ।
नागरिकको नजिकको सरकार स्थानीय सरकार भएको हुँदा उसले नियमित रूपमा बजार अनुगमन गरी बजार तथा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाई उपभोक्तालाई उचित मूल्यमा गुणस्तरयुक्त वस्तु तथा सेवा सरल एवं सहज रूपमा प्राप्त गर्न पाउने कानुनी अधिकारीलाई स्थापित गराउनु पर्ने बताए ।
स्थानीय स्तरमा नियमित रूपमा बजार अनुगमन गरेको खण्डमा उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न सक्ने बताए ।
स्थानीय तहमा उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन संयन्त्र रहेको हुन्छ उक्त संयन्त्रले प्रभावकारी रूपमा काम गर्नु पर्ने देखिन्छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक भेष बहादुर कुँवरको अध्यक्षतामा सो कार्यक्रम सम्पन भएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अमित झा, शत्रोहन शर्मा लगायतका उपस्थित थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
