बागमति प्रदेशका मुख्य मन्त्रीले गरे राजिनामाको घोषणा
4 महीना पहिले प्रकाशित
हेटौंडा । नेपाली काँग्रेसको संसदिय दलका नेतामा पराजित भएका बागमति प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले पदबााट राजिनामा दिने घोषणा गरेका छन् ।
अहिले भर्खरै मुख्य मन्त्रीद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्रीको पदबाट राजिनामा दिन प्रदेश प्रमुखको कार्यालयमा जान लागेको वताए ।
पत्रकार सम्मेलनमा लामाले लिखित मन्तव्य पढेर आफुलाई मुख्य मन्त्रीको पदबाट हटाउने षडयन्त्रका बारेमा धेरै प्रश्न गरे । उनले दलको आन्तारिक प्रतिस्पर्धाको कारण विद्यमान सम्बैधानिक व्यवस्थालाई चटक्कै विर्सेर भाग्न नसकेको उनले वताए । दुई बर्षका लागि सहमतिमा गठन भएका गठवन्धन सरकार अरु प्रदेशका यथावत रहेको बेला बागमतिमा किन परिवर्तन गर्नुपर्यो ? लामाले प्रश्न गरे । उनले ५ बर्षका लागि निर्वाचित भएको संसदिय दलको नेता किन फेर्नु पर्यो ? यसको कारण आफुलाई खड्केले पत्रकार र नागरिक समाजले खोजिदिन आग्रह गरे ।
पार्टी र जनताको विश्वासले गाविस अध्यक्ष देखि मुख्य मन्त्री सम्म आउदा जति समय काम गरे, ईमान्दारिताका साथ गरे, कुनै गतल काम गरिन र गर्न दिईन् लामाले पत्रकार सम्मेलनका क्रममा बताए । उनले पार्टीगत असहयोग, कर्मचारी व्यवस्थापन र अन्य विभिन्न कारणले सोचेको जति काम गर्न नसकेपछि प्रदेश सरकारले धेरै कुरामा सुधार गरेको उनले दावि गरे ।
उनको पक्षमा रहेका काँग्रेसका मन्त्री र गठवन्धनमा रहेका अन्य पार्टीबाट मन्त्रीपरिषदमा रहेका मन्त्रीहरुलाई उपस्थित गराएर गरिएको पत्रकार सम्मेलनमा लामाले भने – संविधानले अझै मुख्यमन्त्री हुन सुरक्षितनै गरेको थियो, तर दल भित्रको कुरालाई ईमान्दार सिपाहिको हैसियतले पार्टीका सभापतिको आग्रहलाई सिरोधर गर्दै मुख्यमन्त्रीको पदबाट राजिनामा दिन प्रदेश प्रमुखको कार्यालयमा जान लागेको छु ।
केहि दिन अघी लामा विरुद्ध नेपाली काँग्रेस संसदीय दलमा अविश्वास प्रश्ताव दर्ता भएको थियो । उक्त प्रश्ताव बहुमतले पारित भएपछि काँग्रेस संसदिय समितिको निर्वाचन गरीएको थियो । निर्वाचनमा काँग्रेसका नेता ईन्द्रवहादुर बाँनिया निर्वाचित भएका थिए । बाँनिया संग लामाले दोश्रो पटक प्रतिस्पर्धा गरेका थिए । उनले १४ मत पाए भने बाँनिया २२ मत पाएर निर्वाचित भएका थिए । प्रदेश सभाको निर्वाचन पछि काँग्रेस संसदिय निर्वाचनमा यीनै दुई जनाको प्रतिस्पर्धा भएको थियो । त्यसबेला बाँनियालाई पछारेर लामा दलको नेतामा निर्वाचित भएका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
