+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

दोरम्बा घटना – सम्झना नयाँ , विलौना पुरानै

3 महीना पहिले प्रकाशित

रामेछाप । यो बर्ष साउन ३२ परेन , अनि दोरम्बामानै भेला भएर पिडित परिवारले रोएर विलौना पनि गर्नुपरेन । हरेक बर्ष माओवादी जनयुद्धको बेला रामेछापकको दोरम्बामा बगेको रगत सम्झन्छन् नेताहरु । भन्छन् – दोरम्बामा बगेको रगत खेर जान दिदैनौं । बारम्बार यहि कुरा नेताहरुको मुख बाट पिडितका परिवारका सदस्यले सुनेको २२ बर्ष वितेका छन् ।

तर कुरा नयाँ छैन्, खाली उ बेलाको घटनालाई ताजा बनाउने मात्र हो, तर पिडितको विलौना नयाँ हुदैन् पुरानै हुन्छ । उनीहरुको विलौना हुन्छ – दोरम्बाको रगतको सम्मान भएको छैन्, कदर भएको छैन् । हामी घटनाको दाषिलाई कारवाहि र पिडित परिवारलाई राज्यबाट पृथक व्यवहारको अपेक्षा चाहन्छौं ।

दोरम्बामा सैनिकको गोली बाट मारिएका मन्थली ९ पुरानागाउँका पदमराज गिरीका छोरा कपिलराज गिरी अहिले माओवादी पार्टीमै क्रियाशिल छन् । उनले दोरम्बा स्मृति दिवसको दिन सहभागिता जनाउन कुनै बर्ष पनि छोडेका छैनन् । सभामा कुनै बर्ष सम्मानको नाममा बर्को ओड्छन्, अनि कुनै बर्ष सम्मान पत्र समाउछन् । त्यसबेला उनलाई बाल्यकालमै गुमाएका बाबुको अनुहार झल्झल्ति याद आउँछ । नेताको भाषणले उनमा कुनै उत्साह थपिदैन् । बरु मन बुझाउछन् र सोच्छन् आगामी बर्ष पनि यिनै कुरा सुन्नुपर्नेछ, अरु केहि हुनेवाला छैन्, त्यस बेला उनलाई आफ्नै नेताहरु लाई धिक्कार्न मन लाग्छ तर सम्हालिने गर्छन् ।

दोरम्बामा सैनिकले कव्जामा लिएर माओवादी कार्यकर्ता र अन्य घटनामा मारिएकालाई एकै दर्जामा राखिएकोमा पिडितको आक्रोश छ । दोरम्बाको बलिदान बेग्लै थियो, नरसंहार थियो र जघन्य अपराध थियो । नेपालमा युद्ध विराम भएको बेलामा यति धेरै माओवादी कार्यकर्ताहरु एकै थलोमा सैनिकको गोलीबाट मारिएको दोरम्बा घटना विश्वभर चर्चा हुन पुगेको थियो ।

पटक पटक गरेर दिएको त्यहि १० लाख बाहेक दोरम्बा घटनामा मारिएका परिवारले राज्यबाट अरु केहि पाएका छैनन् । एकै पटक दिएको भए बरु त्यसले व्यापार व्यवसाय गर्नु हुन्थ्यो सहिद परिवारका एक सदस्य भन्छन् – तर त्यो अवसर मिलेन् । रोजगारी, तालिम र थप सुविधाका कुरा मात्र सुनिए ।

कमाउने घर मुलि गुमाएका परिवारलाई वितेका २२ बर्ष सयौं बर्ष जस्तै कष्टकर बने । कलिला बालबालिका हुर्काउन र घरमा सामलको जोहो गर्न एकल महिलाहरुलाई कम्ति सास्ती भएन । भयो ति दिन विर्सिदिनु दोरम्बाकी सानु तामाङकी परिवार भन्छिन् – बुढालाई एक छिन्मै मारे, हामीलाई बर्षौ सम्म मारिरहे ।

दोरम्बाको डाडाँकटेरीमा हुने स्मृति सभामा माओवादी अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल दुई पटक पुगे । शहिद परिवारलाई सम्झीए, भाषण गरे । तर फर्केपछि फेरी केहि गरेनन् । सरकारले उनीहरु मारिएको स्थानमा १८ बर्ष पछि सालिक राख्यो । अहिले सभाहल बन्दैछ । जाने आउनेले सोध्छन्, दोरम्बा घटना सधैं ताजा बनाउनका लागि तिनै सालिक उभिएका छन्, अरु केहि छैन् ।

२०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा भेला भएका माओवादी नेता तथा कार्यकर्तालाई सेनाले घेरा हालेर नियन्त्रणमा लिएको थियो । केहि भेला भएको स्थानबाट भाग्न सफल भए । घर भित्र बसेका बेला बाहिरबाट पुगेको सेनाले घेरा हाल्दा धेरैले भाग्ने मौकानै पाएनन् । सुरक्षाका लागि बसेका माओवादी कार्यकर्ता मारिएपछि भागदौड भयो । १९ जनालाई समातेर सेनाले लिएर हिड्यो ।

दोरम्बाका शिक्षक युवराज मोक्तानको घर बाट समातिएका उनिहरुलाई दोरम्बा गाउँ, बजार हुदै डडुवाको डाडाँकटेरी लगेपछि सेनाले गोली हानेर हत्या ग¥यो र सेना मन्थली तिर फर्कियो । सवैको सव लडिरहेको बेलामा पुगेका माओवादीहरुले ति सव संकलन गरे र खाडल खनेर गाडिदिए ।

त्यसबेला सरकार र युद्धरत माओवादी विच दोश्रो चरणको बार्ता दाङको हापुरेमा भइरहेको थियो । दोरम्बा घटनालाई माओवादीले जघन्य अपराधको रुपमा अन्तराष्ट्रियकरण ग¥यो । हापुरे वार्ता भंग भयो । दोरम्बा घटनाको उच्च स्तरिय छानविन गर्न न्यायीक आयोग बन्यो ।

आयोगका पदाधिकारी घटनाको केहि दिन पछि दोरम्बा पुगे । स्थानीय संग घटनाको विवरण संकलन गर्नुको साथै गाडिएका शव निकालेर पोष्टमार्टम गरे । युद्धविरामको बेलामा व्यारेकको सिमित दायरामा मात्र निस्कन पाउने सेना झण्डै १ दिन टाढाको दोरम्बा पुगेर घटाइएको उक्त घटना मानवअधिकारको दृष्टिले गम्भिर लापरवाहि र अपराधको रुपमा चित्रण गर्दै आयोगले प्रतिवेदन बुझायो । त्यहि प्रतिवेदनको आधारमा सेनाका तत्कालिन मेजर लगाएत केहिको बर्खास्ती समेत भयो । शहिद परिवारले भने उनीहरुको बर्खास्ती मात्र नभएर कारवाहिको माग गर्दै आएका छन् ।

यस बर्ष माओवादी केन्द्रले दोरम्बामा स्मृति दिवस मनाएन । सभाहल निर्माणाधिन रहेको कारण देखाएर जिल्ला सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । शनिबार भएको उक्त कार्यक्रममा माओवादीका नेताहरुले फेरी दोरम्बा सम्झीए र शहिदको रगत सम्झिए । अन्य राजनीतिक दलका नेताहरुले पनि दोरम्बामा भएको बलिदानको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले