रामेछाप । ४७ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रामेछापले मंगलबार रामेछापको खाँडादेवि गाउँपालिकामा वृक्षरोपण गरेको छ ।
सो अवसरमा खाँडादेविको माकादुममा रहेको वडा कार्यालय आसपास क्षेत्रमा विभिन्न जातका विरुवाहरु रोपिएका थिए । वृक्षरोपण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला समिति रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ), महासमिति र महाधिवेशन प्रतिनिधिहरु, जिल्ला समिति, प्र्र्रदेश समिति र नगर तथा गाउँ समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपालका शिर्ष राजनीतिक नेता महामानव बिपी कोईरालाको निधन भएको दिन पारेर नेपाली काँग्रेसले हरेक बर्ष साउन ६ गतेका दिन वृक्षरोपण , अन्तरसंवाद जस्ता विभिन्न कार्यक्रम गरि स्मृति दिवस मनाउदै आएको छ ।
यसैविच नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल जयन्तिका अवसरमा नेकपा एमाले रामेछापले बुधबार पुष्पलालको जन्मस्थान रामेछापको भंगेरीमा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
