काठमाडौँ — पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरिएकाे हाे ।
कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति पाैडेलले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले टेकेका छन् । ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ । ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ ।
श्राेतका अनुसार आजै कार्कीले प्रधानमन्त्री पदकाे शपथ खानेछिन । सपथकाे तयारी शितल निवासमा भइरहेकाे छ । सहमति बमाेजिम आजनै कार्कीले ३ सदस्यीय मन्त्रीपरिषद गठन गर्ने वताइएको छ ।
