रामेछाप । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले काँग्रेस भित्र पुरातन सोच अझै विकराल रुपमा रहेको वताउदै पार्टीको भविष्यनै अन्यौल बनेको वताए ।

पार्टीमा अझै पद ओगटिरहने, भोली केहि अवसर आयो भने लिई हाल्ने, नयाँ र युवाहरुलाई नेतृत्वमा ल्याउनै नचाहनेहरुको व्यवहार अझै पनि उस्तै रहेको उनले वताए । बर्षौको त्याग र बलिदान बाट बनेको काँग्रेस पार्टी स्वर्गीय सुशिल कोइरालाको नेतृत्व सम्म सहि अवस्थामा रहेको र त्यसपछि विग्रदै गएको उनको दावि थियोे ।

पार्टीले नेपाल विद्यार्थी संघ लगाएतका भातृ संस्थाहरुको अधिवेशन बेलामा गराएको भए युवाहरुको नेतृत्व विकास हुने र त्यसले समाजमा एक प्रकारको असन्तुष्टिको अन्त्य हुने अवस्था हुने थियो भन्दै घिमिरेले भने – जेनजीको आन्दोलनलाई समेत त्यसले रोक्न सक्ने अवस्था आउथ्यो ।

जेनजीको दुई दिने आन्दोलनले सत्ता फाल्यो हाम्रो पार्टीमा २ महिना पुरा अवधि हुदाँ हुदै पनि अधिवेशन गर्न सकिदैन भन्ने तर्क अघी सार्दैछ घिमिरेले भने – यो बढो दुर्भाग्यको कुरा भयो । उनले देश संकटमा परेको बेलामा पनि पार्टीमा अझै गुटको खेति फष्टाएकोमा चिन्ता व्यक्त गरे ।

नेता घिमिरेले नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकताहरु संग शुक्रबार संक्षिप्त भेटघाट गरेका थिए । विराटनगर बाट काठमाडौं जाने क्रममा केहि अवधि रामेछाप बसेको बेला उनले कार्यकर्ता भेटघाट गरेका हुन् ।