मधेश तराईमा शीत लहरको कहरले मान्छेको मृत्यु हुँदै
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,पुस २४ गते । पश्चिमी वायुसंगै आएको शीतलहरले तराई मधेशमा कहर जारी भईसकेको छ ।
पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शीतलहर सुरु भएको छ । एक्कासि चिसो बढेर शीतलहर लागेपछि हाल फाट व्यक्तिको मृत्यु भईरहेको छ भने सर्वसाधारणको जनजीवन प्रभावित बन्दैछ ।
अघिलो वर्ष पुसको अन्तिम हप्तादेखि नै शीतलहर शुरु भएको थियो भने यस वर्ष पुसको पहिलो साताबाट शीतलहर आरम्भ भएको छ । मध्यतराईका धनुषा, महोत्तरी, सर्लाही,रौतहट, बारा,पर्सा, सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा कहिल्ये घाम र कहिल्ये बदली झैं बातावरण हुन्छ ।
शीतलहरका कारण प्रस्तमात्रामा ओस खसिरहेको छ । यस क्षेत्रका प्रमुख नगर जनकपुरधाम, वीरगञ्ज, राजवीराज लगायतका पसलहरु ढिला गरी खुलिरहेका छन् ।
पश्चमी हवा सँगै आएको बाक्लो कुहिरो र हुसुले शितलहर आरम्भ भएको छ । चिसो बढ्दै जाँदा यहाँका प्रदेश स्तरीय अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा दैनिकजसो चिसोबाट प्रभावित सय बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
शितलहरले एक्कासी चिसो बढेपछि बिरामीको सङ्ख्या दुईगुनाले बढेको हो । विशेषगरी ज्वरो, रुघाखोकी, निमोनिया, झाडावान्ताका बिरामी आउने गरेको बताइएको छ । बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा लगाउने र तातो पानीको प्रयोग गरेमा जाडोमा लाग्ने रोगबाट बच्न सकिने डाक्टर शम्भु प्रसाद साह ले बताउनुभयो ।
शितलहर कारण यहाँबाट दैनिक हुने काठमाण्डौ– जनकपुरको हवाई सेवा समेत प्रभावित बन्दैछ । चिसो मौसममा तराईको मैदानी भागमा कुहिरो लाग्नु र हुसु लाग्नाले जनजीवनमा निकै असर पारेको छ ।
चिसोबाट जोग्नको लागि सर्वसाधारण वर्ग समेतले बुरु एक छाक नखाएर जुत्ता, मोजा, मोफलर, टोपी, स्वीटर, जर्सी लगायतका समाग्री किन्न तर्फ आकर्षित भएको रेडीमेड तथा जुत्ता पसलहरुमा ग्राहकको भिड लाग्न थालेका छन्।
शितलहरले कृषि क्षेत्रलाई समेत प्रभावित पारेको छ । शितलहरका कारण प्रचुर मात्रामा खस्दै आएको तुसारोले आलु,गोलभेंडा,प्याजको वेर्ना लगायतलाई प्रभावित पार्दैछ ।
कुहिरोको कारण राजमार्गमा सडक दुर्घटना सम्भावना बढेको भन्दै सवारीसाधन सीमित गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
स्वस्थ रहने उपायहरु
जाडो मौसममा सम्भव भएसम्म घाम ताप्न बाहिर निस्किनुहोस् । जाडोमा अल्छीपना बढी हुने हुँदा निद्रा कम लाग्ने भएकाले आठ घन्टा सुत्नुहोस्। तनाव घटाउन शारीरिक वयाम वा योग गर्नुहोस् ।
जाडोमा फलफूल र तरकारीको सुप प्रयोग गर्नुहोस्। यसले शरीर तातो बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छ । गाँजर, सलगमजस्ता तरकारीलाई उसिनेर, रोस्ट गरेर वा सुप बनाएर पनि खान सकिन्छ ।
हरियो चियापत्तीको चिया र कालो चिया स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । यसमा मरिच, अदुवा, दालचिनी प्रयोग गरी सेवन गर्नाले टाउको दुखेको, घाँटीको समस्या ठिक हुन्छ । रुघाको लागि भिटामिन सीले राम्रो फाइदा गर्छ । कागती चियाले भिटामिन सी पनि परिपूर्ति गर्छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
