काठमाडाै – रामेछाप – काठमाडाै सातामा तीन दिन उडानकाे लागि सहमति
1 महीना पहिले प्रकाशित
रामेछाप । रामेछाप विमानस्थलबाट जिल्लाबासी नागरिकलाई काठमाडौं आउ जाउका लागि सातामा तीन दिन उडान संचालन गर्न स्थानीय युवाहरुले सम्बन्धित पक्षलाई दवाव दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई माग पत्र प्रश्तुत गरेकै दिन रामेछाप विमानस्थलमा पुगेका युवाहरुले तीन दिनको अल्टिमेटम सहित सातामा ३ दिन उडानको माग गरेका हुन् मन्थलीको शान्तिदीप युवा क्लवका अध्यक्ष सुरेश उदासको संयोजकत्वमा रामेछाप नागरिक उडड्यन कार्यालय र विमान कम्पनीहरुका प्रतिनिधि सहितले मंगलबार अपरान्ह बैठक गरी तिहार सम्म सातामा ३ उडान र त्यसपछि पनि सातामा १ उडानको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
सहमति अनुसार साताको हरेक बुधबार समिट एयर, हरेक शुक्रबार सीता एयर र हरेक शनिबार तारा एयरले काठमाडौं – रामेछाप – काठमाडांै उडान संचालन गर्नेछन् । त्यसका लागि समिट एयरले बुधबारको लागि उडान तालिका स्वीकृत गराइसकेकोले भोली बुधबारनै रामेछापबाट काठमाडौंका लागि यात्रु लिएर उड्ने तालिका बनाएको छ भने अन्य दुई वायु सेवा संचालक कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडान अनुमति माग्ने जनाएका छन् । छलफलका क्रममा रामेछाप स्टेशनमा रहेका कम्पनीका अधिकारीहरुले माथिल्लो तहका अधिकारीसंग फोन संवाद गरी उनीहरुबाट भएको सहमति बमोजिम उडान राख्ने कुरामा मञ्जुर गरेका थिए ।
केहि जेनजी प्रतिनिधि सहित विमानस्थल पुगेका क्लवका पदाधिकारीहरुले देशको विषम परिस्थिति, बाढी पहिरो र विपद तथा चाडबाडका कारण जिल्लाबासीले यात्राका लागि असहज बेहोर्नु परेको भन्दै तत्काल हवाई उडान राख्नुपर्ने वताएका थिए । केहि बर्ष देखि पर्यटक लक्षित लुक्लाका लागि उडान गर्दै आएका तीन वटा विमान कम्पनीहरुले रामेछापबासीको काठमाडौंका लागि उडान राख्नु पर्ने मागका सम्बन्धमा चासो दिएका थिएनन् । युवाहरुले तीन दिन भित्र आवश्कय निर्णय गरेर उडान तालिका सार्वजनिक नगरेको अवस्थामा त्यसबाट निम्तिने परिस्थितिको जिम्मेवार हवाई कम्पनीहरुले लिनु पर्ने चेतावनी समेत दिएका छन् ।
पर्यटकहरुका लागि सेवा दिन लुक्ला केन्द्रीत उडान सकिएपछि पनि रामेछापबाट तीन वटै विमान कम्पनीहरुले समझदारी गरी सातामा एक उडान नियमित संचालनका लागि राख्न समेत माग गरिएको छ । त्यसका लागि रामेछाप नागरिक उडड्यन कार्यालयले समन्वय गर्ने उल्लेख छ । हवाई कम्पनीहरुले अनलाईन टिकट र उडान तालिका तत्काल सार्वजनिक गर्नुपर्ने र यात्रु तथा अन्य व्यवस्थानमा स्थानीयले सघाउने पनि निर्णय भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
