नेपालमा भएको हिंसात्मक घटनाको असर, होटल बुकिङ रद्ध गर्दै पर्यटक
2 महीना पहिले प्रकाशित
रामेछाप । घुमघामका लागि सुन्दर मौसम सरद ऋतुको लागि सरगरमाथा आधार शिविर तर्फ जाने पर्यटकहरु आउने क्रममा नेपालमा हिंसा भड्केपछि पर्यटन तथा होटल व्यवसाय केहि प्रभावित हुने देखिएको छ ।
सोलुको लुक्ला विमानस्थलका लागि उडान गर्ने पर्यटकहरुले यसअघी बुकिङ गराएका होटल तथा हवाई टिकटहरु धमाधम रद्ध गर्न थालेका छन् । यो सिजनका लागि २५ सेक्टेम्बर देखि रामेछाप विमानस्थलबाट लुक्ला विमानस्थलका लागि पर्यटक केन्द्रीत उडान थाल्ने योजना छ । त्यस तर्फ जानकाा लागि पर्यटकहरुले विभिन्न स्थानमा गरेका होटल बुकिङ रद्ध गर्न थालेका हुन् ।
नेपालमा सबैभन्दा बढी पर्यटक भित्रीने सिजन यहि हो । सरदऋतु हिउँद बर्षादको विचमा पर्ने भएकाले घुम्न र हेर्नका लागि असाध्यै अनुकुलको रुपमा लिइन्छ । यस अवधिमा वातावरण स्वच्छ हुनेगर्छ । हिमालको दृष्यावलोकन मात्र नभै पर्यपर्यटनको हिसावले पनि यो सिजन अरु सिजन भन्दा अव्वल मानिन्छ । यो सिजन दुई महिना सम्म संचालन हुन्छ ।
जेनजीको आव्हानमा भएको केहि दिन अघीको प्रदर्शन र त्यसपछिको हिंसात्मक गतिविधि भन्दा अघीनै हवाई टिकट र होटल बुकिङ गरेका विदेशी पर्यटकहरुले आफ्नो नेपाल यात्रा रद्ध गर्न थालेका हुन् । प्रदर्शन सकिएर नयाँ सरकार गठन भइसक्दा पनि बुकिङ रद्ध गर्ने क्रम जारी छ । अहिले नेपालमा शान्ति कायम भइसकेको छ । नयाँ सरकार बनेको र देशमा जारी भएका निषेधाज्ञाहरु खुला भइसकेका छन् ।
मन्थली स्थित फ्रिडम रिसोर्टका संचालक टीका आरणका अनुसार रिसोर्टमा भएको बुकिङ रद्ध हुने क्रम बढी रहेको छ । ‘झण्डै १५ प्रतिशत भन्दा बढी बुकिङ रद्ध भएको छ’ आरण भन्छन् – रद्ध हुने क्रम बढीरहेको छ ।
मन्थलीमा रहेका केहि होटलहरुमा बुकिङ गरेका विदेशीहरु आउने नआउने बारेमा अन्यौल बढेको छ । दशैको टीकाको दिन देखि बुकिङ रहेको मन्थलीको होटल स्नेहामा भने हाल सम्म रद्धको जानकारी आएको छैन् । रामेछापको मन्थलीमा रहेको विमानस्थल आसपासमा रहेका होमस्टेले धेरै पर्यटक राख्ने गरेका छन् । तिनीहरुले भने अग्रीम बुकिङ गरेका छैनन् ।
काठमाडौंबाट लुक्लाका लागि उडान नहुने भएकाले एकादुई बाहेक प्राय सवै उडान रामेछाप विमानस्थलबाट हुन्छन् । लुक्ला जाने पर्यटकहरुलाई काठमाडौंबाट विपी राजमार्ग हुदै मन्थली सम्म गाडीमा ल्याउने र मन्थलीबाट जहाजमा लुक्ला पठाउने गरिएको छ ।
मन्थलीबाट विहान ६ वजेको उडानका लागि टिकट काटेका यात्रुहरु काठमाडौंबाट मन्थली सम्म आउन नभ्याउने भएकाले अघील्लै दिन मन्थली र आसपास आएर वस्ने गर्छन् । सिन्धुलीको मुलकोट, खुर्कोट वसेर विहानै आउने र मन्थलीका होटलमा वस्नेले विहानको उडान भ्याउने भएकाले लुक्ला जाने मध्ये झण्डै २५ प्रतिशत पर्यटकले मात्र होटल वुकिङ गरेका हुन्छन् । अरु ७५ प्रतिशत पर्यटकहरु काठमाडौंबाट विहानै गाडि चढेर सिधै मन्थली स्थित विमानस्थलमा पुग्ने गरेका छन् । काठमाडौंबाट मन्थली आउन सरदर ४ घण्टा लाग्छ ।
उच्च हिमाली क्षेत्रमा रहेको सोलुको लुक्ला विमानस्थल र हवाई मार्गको मौसम बारम्बार विग्रने गर्छ । मौसम विग्रेका बेला हवाई उडान रद्ध हुन पुग्यो भने मन्थलीका सुविधा सम्पन्न देखि सामान्य होटल तथा लजमा पर्यटक भरिभराउ हुने गर्छन् । त्यसबेलामा ट्राभल एजेन्टका प्रतिनिधिहरुले होटल वुकिङ गर्ने गर्छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
