रामेछाप । रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिकामा पर्ने शक्तिपिठ खाँडादेवि मन्दिरमा आईतबार विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ ।
जमारेऔंसीकै दिनमा मन्दिरमा जमरा राख्ने परम्परा बमोजिम आईतबार ब्राम्हण पुरोहितद्धारा विधिपूर्वक मन्दिरमा जमरा राखिएको खाँडादेवि विकास कोषले जनाएको छ ।
ऐतिहासिक तथा पुरातात्विक महत्वको शक्तिपिठ खाँडादेविमा नबरात्रको बेला धेरै टाढा टाढाका भक्तजनहरु पुजाअर्चना गर्न आउने गर्छन् । सोमबार देखि मन्दिरमा पञ्चबली चल्ने कोषका अध्यक्ष शेरवहादुर तामाङले वताएका छन् ।
खाँडादेवि मन्दिरमा दर्शन र पुजा अर्चना गर्नाले मागेको कुरा पुरा हुने धार्मिक मान्यता तथा जनविश्वास रहेको छ ।
