रामेछाप । रामेछाप विमानस्थलबाट रामेछापबासीले सातामा एक उडान मार्फत काठमाडौ आउजाउ गर्न पाउने भएका छन् । रामेछाप विमानस्थलबाट लुक्लाका लागि व्यवसायीक उडान गर्दै आएका तारा सीता र समिट एयरले अव हरेक शुक्रबार पालै पालो काठमाडौ रामेछाप काठमाडौं उडान गर्ने भएका हुन् ।

जेनजी आन्दोलन पछि असहज बनेको देशको परिस्थिति, दशै तिहार जस्ता महान चाडबाड र बर्षाका कारण राजमार्गमा पुगेको क्षति लगाएतका कारण यसअघी शान्तिदीप युवा क्लबको समेतको सक्रियतामा तिनवटै विमान कम्पनीले सातामा एक एक उडान गरेर रामेछापबासीलाई सेवा उपलव्ध गराउदै आएका थिए । तर विपी राजमार्ग पूननिर्माण पछि संचालनमा आएको र चाडबाड समेत सकिएकाले सातामा तीन उडानका लागि यात्रु संख्या अपुग हुन थालेपछि यस्तो व्यवस्था गरिएको हो ।

बिहिबार शान्तिदीप युवा क्लवका अध्यक्ष सुरेश उदासको संयोजकत्वमा रामेछाप नागरिक उडड्यन कार्यालयका प्रतिनिधि र विमान कम्पनीका प्रतिनिधिहरुको बैठकले हरेक शुक्रबारका दिन रामेछाप काठमाडौं सेक्टरमा पालै पालो उडान गर्ने निर्णय गरेको हो । निर्णय बमोजिम कात्र्तिक महिनाभरका लागि उडान गर्ने दिननै तय भएको छ भने मंसिर पछि सोहि बमोजिम पालैपालो उडान गर्ने समेत निर्णय भएको छ ।