तामाकोशी अस्पतालको डायलायसिस सेवा वन्द हुने, मिर्गौला पिडितको छट्पटि बढ्यो
7 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा विगत छ बर्ष अघी देखि संचालन हुदै आएको मिर्र्गौला रागिहरुका लागि डायलायसिस सेवा वन्द हुने भएको छ । काठमाडौंमा रहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले चुजी फाउन्डेशनको सहयोगमा उक्त सेवा संचालनका लागि तामाकोशी अस्पताल संग संझौता गरेको थियो ।
दुर्गम जिल्लाका मिर्गौला रागीहरुले काठमाडौं र अन्य सहरमा डायलायसिस गराउनका लागि पालो नपाउने, सेवा लिनका लागि कोठा लिएर वस्नु पर्ने बाध्यता भएकाले केन्द्रले रामेछापको मन्थलीमानै डायलायसिस सेवा लिने गरी केन्द्र संचालनमा ल्याएको थियो । उक्त केन्द्र बाट हाल १५ जना मिर्गौला पिडितले साताको २ पटक डायलायसिस सेवा पाउदै आएका छन् । सेवा प्राप्त गर्ने गरिव र निमुखा रहेको केन्द्रले जनाएको छ ।
तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले डायलायसिस सेवा संचालनका लागि केन्द्रलाई संस्थागत रुपमा ठुलो सहयोग रहदै आएको भएपनि हठात सेवा वन्द गर्ने कुराले निराशा बनाएको बताए । ‘हामीले मेसिन राख्ने स्थान निर्माण देखि केन्द्र संचालन हुदै आएको घर भाडा, बैकल्पिक विद्युत र पानी लगाएत मासिक करिव १ लाख रुपैया बराबरको सहयोग उपलव्ध गराउदै आएका थियौं ’ घिमिरे भन्छन् – सानो सहयोगले मिर्गौला रोगि जिल्लाबासीले सहज सेवा पाउने आशामा केन्द्र संचालन गरिएको थियो, बन्द हुने भयो, मिर्गौलाका विरामीको छट्पटाहट हुन थालिसक्यो ।
२०७५ सालमा जिल्लामा अन्य कतै डायलायसिस सेवा थिएन । त्यस बेला २३ जना सम्म लाई सेवा उपलव्ध गराएको उक्त केन्द्रमा ६ वटा मेसिन मार्फत डायलायसिस हुदै आएको थियो । गत बर्ष देखि जिल्ला अस्पताल रामेछापमा उक्त सेवा संचालनमा आएको छ । तर जिल्ला अस्पतालमा २ वटा मेसिन मात्र संचालनमा रहेकोले केन्द्रबाट हाल सेवा लिइरहेका मिर्गौला पिडितले अन्यत्रै जानु पर्ने बाध्यता छ ।
राष्ट्रिय मिर्गौला केन्द्र बनस्थलीका प्रमुख डा. ऋषिकुमार काफ्लेले अस्पताललाई बुधबार लेखेको पत्रमा बागमति प्रदेश सरकारले तोकेको मापदण्ड पुरा गर्न नसक्दा सेवा संचालन गरि राख्न नसकिएको समेत उल्लेख गरेका छन् । डाक्टर काफ्लेले प्रदेश सरकारले बनाएको स्वास्थ्य सेवा संचालन गर्नका लागि पुरा गर्नुपर्ने मापदण्ड हम्मेसी कसैले पनि पुरा गर्न नसक्ने भएकाले संचालन हुदै आएका केन्द्रहरु बन्द हुने क्रम बढ्ने वताए । ‘संचालन भइरहेका केन्द्रहरुका हकमा मापदण्ड खुकुलो बनाएको भए पनि जेनतेन दुर्गममा संचालन हुदै आएको सेवालाई संचालन गरी राखौं न त भन्दा सकिन्थ्यो होला, तर प्रदेश सरकार त्यसका लागि सहयोगी भएन ’ डाक्टर काफ्लेले भने ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रले देशका अन्य भागमा संचालनमा रहेका डायलायसिस केन्द्र समेत वन्द गरेको जनाइएको छ । मिर्गौला पिडितले साता २ पटक र कसैकसैलाई ३ पटक सम्म डायलायसिस गराउनुपर्छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
