रामेछापमा आँखा उपचार थप प्रभावकारी बन्दै
1 महीना पहिले प्रकाशित
रामेछाप । मन्थलीमा रहेको तिलगंगा आँखा प्रतिष्ठान अन्तरगत रहेको रामेछाप सामुदायिक आँखा केन्द्रले वितेका २४ बर्षमा १ लाख २५ हजार आँखाका विरामीको उपचार गरेको छ । ति मध्ये करिव ४ हजार ७ सय जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उपचार गरीएको हो ।
बिहिबार मन्थलीमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम संयोजक डाक्टर मोहनकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार रामेछापमा आँखा उपचारको सेवा स्थानीय तह सम्म फैलिएको छ । स्थानीय सरकारको सहयोगमा केन्द्रले नेपालमै पहिलो पटक रामेछापको खाँडादेवि गाउँपालिकामा सामुदायिक आँखा केन्द्रको संचालन गरेको हो । यो सेवा विस्तार भई हाल रामेछाप नगरपालिका, मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र सुनापति गाउँपालिकामा विस्तार भइसकेको छ । ग्रामिण क्षेत्रमा रहेका आँखाका विरामीलाई पालिका स्तरमानै उपचारका लागि पालिकाले आवश्यक पूर्वाधार र व्यवस्थापनको काम गर्छ भने तिलगंगा आँखा प्रतिष्ठान अन्तरगतको रामेछाप सामुदायिक आँखा केन्द्रले प्राविधिक सहयोग गर्दै आएको छ ।
श्रेष्ठका अनुसार केन्द्रको स्थापना पछि जिल्लाका विभिन्न भागमा आँखाको मोतियाविन्दुको स्क्रिनीङ गर्ने, बर्षको ३ पटक जिल्लामानै शल्यक्रिया शिविर संचालन गर्दै आएकोमा अव त्यस सेवालाई अझ विस्तार र परिमार्जन गर्दै लैजाने तयारी छ । त्यसका लागि मन्थलीमा सुविधा सम्पन्न सर्जिकल भवन निर्माण सम्पन्न भएको र उक्त भवनबाट केहि अवधिमानै सेवा संचालनको तयारीमा जुटेको उनले वताए ।
रामेछाप सामुदायिक आँखा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष डा. सुमन कर्माचार्यले रामेछापमा कठिन र सुविधा विहिन अवस्थामा शुरु भएको आँखाको उपचार सेवाले रामेछाप र आसपासका जिल्लाबासीले सुविधा पाएको उल्लेख गरे ।
तिलगंगा आँखा प्रतिष्ठानले विभिन्न दातृ निकायको सहयोगमा आँखाका १३ प्रकारका विशेषज्ञ सेवा संचालन गर्दै आएको छ । पछिल्लो पटक आँखामा लाग्ने क्यान्सरको उपचार पनि तिलगंगा अस्पतालमा हुन थालेको डा. श्रेष्ठले वताए ।
तिलगंगा प्रतिष्ठानले नेपालका विभिन्न २६ स्थानमा सामुदायिक आँखा केन्द्र संचालनमा ल्याएको र स्थानीय सरकारहरु संग समन्वय र सहकार्यमा ५६ स्थानबाट आँखाको उपचार सेवा प्रदान गर्ने गरेको वताए । विदेशी दातृको सहयोगमा आफै धानिन नसक्ने केहि सामुदायिक आँखा केन्द्र बाहेक नेपालका अधिकांश सामुदायिक आँखा केन्द्र आफ्नै कमाईले धानिन थालेको पनि श्रेष्ठले जानकारी दिए ।
सरकारी अस्पतालमा दाँत र आँखाको सेवा प्रभावकारी नभएको बेला तिलगंगा प्रतिष्ठानको सहयोगले आँखाका विरामीले स्थानीय स्तरमानै उपचार पाउन थालेका हुन् । प्रतिष्ठानले सरकारबाट अस्पताल स्वीकृत गरेको स्थानमा प्राविधिक सहयोग र सामुदायिक आँखा कार्यक्रम लैजाने र त्यस भन्दा तलका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिने निती अख्तियार गरेको छ ।
यसैविच रामेछाप सामुदायिक आँखा केन्द्रको सेवा अविवृद्धि गर्ने उद्धेश्यले निर्माण भएको शल्यक्रिया भवनको बिहिबार उद्घाटन गरिएको छ । भवनको भिजन हिमालय फाउण्डेशनका उपाध्यक्ष डाक्टर रोमन ग्रेम्जरले उद्घाटन गरेका छन् । उक्त भवन फाउण्डेशनको करिव १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको हो । दुई तले उक्त भवन निर्माणका लागि रामेछाप सामुदायिक आँखा केन्द्रको झण्डै आधा लगानी भएको कर्माचार्यले वताएका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
