रामेछाप । रामेछाप नगरपालिका ८ बावियाखर्कमा शहरी सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीय केदारप्रसाद घिमिरे र उद्धवप्रसाद घिमिरेले निशूल्क जग्गा दान गरेका छन् । ‘चौरे’ टोल घर भएका उनीहरु नाताले दाजु भाई हुन् ।
बावियाखर्कका बासिन्दालाई सामान्य विरामी पर्दा झण्डै दुई कोषको रामेछाप अस्पताल पुग्नु पर्ने बाध्यता रहेको बेला गाउँमानै स्थानीयले सामान्य उपचार पाउन भन्ने उद्धेश्यले जग्गा दान गरिएको दाता उद्धवप्रसाद घिमिरेले वताएका छन् ।
घिमिरेका अनुसार भवन निर्माणका लागि डेढ रोपनी जग्गा दान गरिएको हो । उक्त स्थानमा भवन निर्माणका लागि तत्कालै बजेट माग गर्ने जनस्वास्थ्य कार्यालय रामेछापले गरेको छ ।
