रामेछाप । रामेछाप जेसीजको आयोजनामा मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा भएको निशूल्क स्वास्थ्य शिविरमा १ सय भन्दा बढी विरामीले सेवा प्राप्त गरेका छन् ।
मन्थली नगरपालिकाको सहयोगमा संचालन भएको उक्त स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाले विभिन्न रोगको परिक्षण गराउनुको साथै उपचार र स्वास्थ्य सल्लाह पाएको रामेछाप जेसीजले जनाएको छ । स्वास्थ्य शिविरमा मन्थली अस्पतालकी चिकित्सक डा. सोविता खड्का नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विरामीको रोग परिक्षण तथा उपचार गरेको जनाइएको छ ।
