रामेछाप । रामेछापका पत्रकारहरुलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा निःशूल्क उपचार सेवा उपलव्ध हुने भएको छ । आयुर्वेद उपचार बाहेक औषधिमा भने पत्रकारले पैसा तीर्नुपर्ने छ ।

चिकित्सालय संचालन तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार पत्रकारहरुले उक्त सुविधा लिनका लागि आफु कार्यरत रहेको संचार गृह तथा नेपाल पत्रकार महासंघले जारी गरेको परिचय पत्र आवश्यक रहेको चिकित्सालयका निमित्त प्रमुख दिपक कार्कीले वताएका छन् ।

पछिल्लो समय रामेछापमा आयुर्वेद उपचार लिने सर्वसाधारणको संख्यामा वृद्धि हुदै गएपछि संचालक समितिले विभिन्न सेवा समेत विस्तार गरेको जनाइएको छ ।