रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले विश्व दृष्टि विसको अवसर पारेर बिहिबार रामेछाप कारागारमा आयोजना गरेको एक दिने आँखा रोग परिक्षण तथा उपचार शिविरमा १ सय ६३ जना कैदी वन्दीको आँखाको परिक्षण, उपचार तथा चस्मा वितरण गरिएको छ ।

शिविरमा गुड भिजन नामको संस्थाको सहयोगमा ८७ जना लाई निशूल्क चस्मा वितरण गरिएको थियो । आँखामा देखा परेका विभिन्न समस्याहरुको निदानका लागि निशूल्क औषधि समेत वितरण गरिएको केन्द्रले जनाएको छ ।