रामेछाप । सामुदायिक तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा सुविधा पाउदै आएका सर्वसाधारण नागरिकले साउन १ गते देखि उक्त सेवा नपाउने भएका छन् ।
स्वास्थ्य बीमा बोर्डले मुलुकभरका सामुदायिक तथा निजी स्तरका स्वास्थ्य संस्थाहरुलाई पत्राचार गरी स्वास्थ्य बीमा गरेका विमितको प्रथम विन्दुको रुपमा ( अर्थात बीमा कार्ड भएकाले सुरुमै निजी तथा सामुदायिक अस्पतालमा पुग्दा पनि सेवा पाईने ) यस अघी दिईदै आएको सेवा बन्द हुने जनाएको छ । बोर्डले हाल सम्मको सहयोगको लागि त्यस्ता अस्पतालहरुलाई धन्यवाद समेत दिएको छ ।
बोर्डले अव मुलुकभरका सरकारी अस्पतालबाट मात्र उक्त सेवा उपलव्ध हुने जनाएको छ । सरकारी अस्पताल या स्वास्थ्य चौकीमा पुग्नेले प्रथम विन्दुको सेवा पाउने र त्याहा उपचार नभए रिफर सेवा लिनुपर्ने व्यवस्था गरिएको छ । यसअघी बीमा बोर्ड संग सम्झौता गरी निजी र सामुदायिक अस्पतालले स्वास्थ्य विमाको काम गर्दै आएका थिए । ति संस्थाहरुमा पुग्ने विरामीलाई प्रथम विन्दु ( सरकारी अस्पताल या स्वास्थ्यचौकीमा ) मा पुगेर आउनु पर्ने बाध्यता थिएन ।
बोर्डले स्वास्थ्य बीमा ऐन संशोधन सहित २०७४ को व्यवस्था बमोजिम अव यसअघी प्रथम विन्दुमा सेवा प्रवाह गर्दै आएका सरकारी बाहेकका सेवा प्रदायक संस्थाहरुलाई प्रेषण केन्द्रको रुपमा मात्र रहने गरी व्यवस्थापन गर्ने जनाएको छ ।
