गेलु अस्पतालमा बर्षौदेखि छैनन्, डाक्टर
10 घन्टा पहिले प्रकाशित

रामेछाप । मन्थली नगरपालिका ११ गेलुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीको डाक्टर नभएको बर्षौ भयो । उक्त दरवन्दीमा डाक्टर पठाएर स्थानीयको गुणस्तरीय स्वास्थ्य सेवा दिन कुनै निकायले पनि चासो दिएको छैन् । केन्द्रको दरवन्दी संघीय सरकारको भएपनि डाक्टर लगाएतका स्वास्थ्यकर्मीको खटन पटन र व्यवस्थापनको काम स्थानीय सरकारको हो ।
डाक्टर हुदाँ प्राय विरामी आईरहने गेलु अस्पताल अहिले प्राय सधंै चकमन्न हुन्छ । केन्द्रमा डाक्टर नभएको जानकारी पाएका स्थानीय सानो तिनो समस्या पर्दा पनि जिल्ला सदरमुकाम आउने गर्छन् । जहाँ आउन जान उनीहरुले दिन माया मार्नुपर्छ ।
साँघुरो घरमा संचालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सहायक स्तरका स्वास्थ्यकर्मीले विरामीको स्वास्थ्य परिक्षण गर्दै आएका छन् । साविकमा डाक्टरको दरवन्दीमा एक जना डाक्टर आएका थिए । ति डाक्टरले केहि समय गेलुमा वसेर विरामीको सेवा गरेका थिए । तर उनले विशेषज्ञता अध्ययनका लाािग नाम निकाले र गेलु छोडेर गए । त्यसपछिका झण्डै ४ बर्ष देखि गेलुमा अर्को डाक्टर फर्केर गएका छैनन् ।
गेलुको स्वास्थ्य केन्द्रको व्यवस्थापन मन्थली नगरपालिकाले गर्दै आएको छ । नगरका सवै स्वास्थ्य संस्थाको व्यवस्थापन गर्ने नगरपालिकाले गेलुको दरबन्दीमा डाक्टर आएपनि मन्थलीमा अस्पतालमा राखेर काम गराउने गर्छ । सरकारी दरवन्दीमा संघीय सरकारले डाक्टर पठाएमा जनस्वास्थ्य कार्यालयले उनको सुविधाका लागि रामेछाप अस्पताल कि खिम्ती प्राथमिक स्वास्थय केन्द्रमा पठाएर काम लगाउछ । ‘यहाँ गाउँमा वसेका विरामीको सुविधा हैन, शहरबाट डाक्टर पढेर आएकाको सुविधा हेर्ने र उनीहरुलाई गाउँमा नपठाउने परिपाटी छ’ स्थानीय मानवहादुर खत्री भन्छन् – गाउँलेको रोगमा डाक्टर साथि हुने भईदिए यहाँ यतिका बर्ष सम्म दरबन्दी रिक्त हुदैनथ्यो ।
गेलु दुर्गम भएकाले डाक्टरहरु बस्न नमानेर हो कि, स्थानीय संझना बुढाथोकी भन्छिन् – हैन भने हाम्रो अस्पतालमा पनि योग्य स्वास्थ्यकर्मी भए हामीले बाहिर गएर उपचार गराउनु पर्दैनथ्यो कि । डाक्टर बसेमा धेरै थरीका औषधि चलाउन पाउने भएकाले स्थानीय बासिन्दाहरुलाई फाईदा हुनेमा उनले जोड दिईन । औषधि भएपनि सहायक स्वास्थयकर्मीले चलाउन मिल्दैन बुढाथोकी भन्छिन् – डाक्टर बसेर औषधिको सिफारीस गर्दा बाह्य बजारमा पनि औषधि पसल राख्न सकिन्थ्यो, त्यसले थप फाईदा हुन्थ्यो ।
गेलु प्राथमिक स्वास्थ्य चौकी मन्थली बाट ११ किलोमिटर जति टाढा पर्छ । नजिकै जिल्ला सदरमुकाममा सुविधा सम्पन्न अस्पताल रहेकोले गेलुका मानिस मन्थलीमै पुगेर उपचार गर्ने भन्दै गेलुमा डाक्टर खोज्ने कुरा जनप्रतिनिधिले पनि त्यति चासो राख्दैनन् । वडा अध्यक्ष भीमवहादुर थापामगर भन्छन् – गेलुमा डाक्टर लगेपनि पढन खोज्ने मात्र आउछन् बस्न त्यति मान्दैनन् ।
गेलुमा निर्माणाधिन प्राथमिक अस्पताल भवन निर्माण पुरा भएमा र डाक्टर सहितको स्वास्थ्यकर्मी वसेमा मन्थली नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ वडाका बासिन्दाले सुविधा उपयोग गर्ने अवस्था छ । गेलुमा सुविधा थपिए दिन माया मारेर र खर्च गरेर उपचारका लागि मन्थली पुग्नुपर्ने बाध्यता अन्त्य हुने थियो स्थानीय देवकी थापा भन्छिन् – यो त कसैको चासोनै नपरेको अस्पताल भयो ।
पछिल्लो पटक सरकारले स्वास्थ्य विमा बोर्डले गेलु प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि प्रथम विन्दुको रुपमा राखेको छ । तर उक्त केन्द्रमा पुग्ने विरामीलाई रिफर सिफारीस गर्ने चिकित्सकनै छैनन् । केन्द्रमा पुग्ने विरामीलाई सामान्य उपचार पछि अन्यत्र पठाउनु परेमा डाक्टरको सिफारीस चाहिन्छ । डाक्टर नभएको स्थानमा प्रथम विन्दु बनाउदा स्थानीय विरामीले सुविधा पाउने हुन् या हैनन् त्यस बारेमा भने केहि समय अझै कुर्नु पर्नेछ ।
यसैविच गेलुमा स्वास्थ्य सेवा मात्र हैन्, भौतिक पूर्वाधार पनि अलपत्र अवस्थामा छ । २०७२ को विनासकारी भूकम्प पछि पूननिर्माण थालिएको गेलु प्राथमिक अस्पतालको भवन विगत ५ बर्ष अघी निर्माण थालिएको थियो । तर उक्त भवन निर्माणको काममा सम्लग्न निर्माण व्यवसायीको लापरवाहिले निर्माण कार्य पुरा हुन सकेको छैन् । झण्डै डेढ बर्ष देखि निर्माण कार्य अलपत्र छोडेर निर्माण व्यवसायी फरार भएका छन् । निर्माणको काममा लगाइएका ज्यामीले ज्याला पाएका छैनन्, स्थानीय व्यवसायीले विभिन्न सामानको भुक्तानी पाएका छैनन्, निर्माण व्यवसायी सम्पर्कमा समेत छैनन् । उक्त भवन सघन शहरी तथा भवन निर्माण आयोजना रामेछाप मार्फत भारतिय सरकारको सहयोगमा निर्माण भइरहेको हो । पटक पटक म्याद थप्दा पनि भवन निर्माण कार्य अलपत्र रहेपछि स्थानीयमा भने आक्रोश बढ्दै गएको छ ।
कमेन्ट गर्नुहोस्

पुष्पलाल स्मृति दिवसमा विविध कार्यक्रम
रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले रा..
4 घन्टा पहिले
गेलु अस्पतालमा बर्षौदेखि छैनन्, डाक्टर
रामेछाप । मन्थली नगरपालिका ११ गेलुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीको डाक्टर नभएको बर्षौ भयो । उक्..
10 घन्टा पहिले
बिपी स्मृति दिवसमा रामेछापको खाँडादेविमा वृक्षरोपण
रामेछाप । ४७ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रामेछापले मंगलबार रामेछापको खाँडादेवि गाउँपालिकामा व..
1 दिन पहिले
लिलाम गरेरै सकिए राजा बिरेन्द्रका गाई
जिरी ( दोलखा ) – राजतन्त्रको समाप्ती सगैं २०६५ सालमा नारायणहिटी राजदरबार काठमाण्डौंबाट दोलखाको जिरी गाई फार्मम..
1 दिन पहिले
सुनापतिको पर्यटनका कुरामा राजधानीमा बृहद् अन्तरक्रिया
रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासको लागि राजधानी काठमाडौंमा सरोकारवाला निकाय विच अन्तरक्..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता

