खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
3 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामेछापमा बर्षेनी करोडौं रुपैयाँ लगानी गर्दैछन् । तर पूर्वाधार क्षेत्रमा भएको लगानीबाट खेलाडिहरुले प्रतिफल पाएका छैनन् । योजना मुताविक भन्दा पनि शक्तिको भरमा ल्याउने मनलागि बजेटले निर्माण गरेका खेलकुदका पूर्वाधारहरु लथालिङ्ग र भताभुङ्ग हुन पुगेका छन् ।
ठोस योजना विना मनलागि भएका लगानीबाट खेलाडिहरुले लाभ लिन पाएका छैनन् । पूर्वाधारको नाममा विभिन्न योजनामा करोडौं खर्च भईसक्दा कुनै पनि खेल पूर्वाधारहरु सम्पन्न र खेल्न लायक बनेका छैनन् ।
जिल्ला सदरमुकाममा गतिलो खेलकुद पूर्वाधार नहुदाँ खेलकुदका अभ्यासहरु हुदैनन्् । खेलकुद र स्थानीय सरकारले आयोजना गर्ने प्रतियोगिता कहिले विद्यालयको खेल मैदानमा त कहिले जिल्ला समन्वयको जग्गामा भइरहेका छन् । तर तिनमा सवैदिन खेलाडिहरुले अभ्यासका लागि मौका पाउदैनन् । प्रतियोगीताका लागि मात्र उक्त स्थानहरु उपलव्ध हुन्छन् । अन्य संस्थाको स्वामित्वमा रहेको जग्गामा खेल्छौं भनेर खेलाडिहरुले जवरजस्ती गर्न पनि सकेका छैनन् । जिल्ला समन्वय समितिको हाता भित्र रहेको व्याडमिन्टन कोर्टमा खेल्नका लागि प्रयोग हुने विजुलीको पैसा तिर्ने नाममा सधैं किचलो हुदै आएको छ । खेलकुदको आफ्नै स्वामित्वमा कोर्ट भईदिएको भए खेलाडिहरुले सधैंको किचकिच सुन्नु पर्ने थिएन ।
जिल्ला खेलकुद विकास समितिले साविकका गाविस समेतको सहयोगमा एक दशक अघी मन्थली नगरपालिका १ सानीमदौंमा रंगशाला निर्माण गर्ने भनेर लाखौं रुपैंयाँ खर्चियो । हुदाँखादाको हरियाली क्षेत्र बनका पोथ्रा फाँडेर स्थानीयले खेलकुदको पूर्वाधार निर्माणका लागि भनेर सामुदायिक बन क्षेत्रको जग्गा दिए । खेलकुदले त्यहि डोजर धसायो र ठुलो मैदान बनायो । तर उक्त मैदानमा थप पूर्वाधार बनाएन । रंगशाला त परै जावस, कुनै पनि प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधार नहुदा त्याँहा खेलाडिले प्रतिस्पर्धा गर्न पाएका छैनन् । बरु गाडि र मोटरसाईकल सिक्नका लागि उक्त मैदान काममा आएको छ ।
साविकमा मन्थली गाविस रहदै मन्थली अस्पताल भवन निर्माण भएको स्थानमा खेल पूर्वाधारका लागि लाखौं रुपैया खर्च गरियो । जिल्ला विकास समिति, गाविस र खेलकुद विकास समितिको पैसाले मात्र नपुगेर स्थानीय व्यवसायी र युवाहरुले ठुलो प्रयासमा उक्त स्थानमा फुटबल खेल्न मिल्ने फिल्ड तयार पारेका थिए । तर अस्पतालको आँखा त्यहि परिदियो । अहिले अस्पताल भवन र घेराबेरामा खेलकुदको लगानी लोप भएको स्थानीय कर्णवहादुर माझीले बताए ।
अस्पताल भवन निर्माण हुन थालेपछि स्थानीय युवाहरुकै प्रयासमा तामाकोशी किनारमा फेरी लगानी गरियो । करमबोट र नागकन्य मावि नजिकको फिल्डलाई खेलकुदका लागि प्रयोग गरिए । तर तामाकोशीको बाढीले खेलकुदका नाममा भएको लगानी हरेक बर्ष वगाउदै आएको छ । गत बर्ष कुनाउरी चौरमा खेलकुदका नाममा १ करोड उडुवा बजेट आयो, विना योजना आएको बजेट ल्याउनेहरुकै आसय बमोजिमका पूर्वाधार निर्माण भएकोमा गत असोजको बाढीको निशानामा प¥यो । तामाकोशी किनारमा हुने लगानी दीगो नहुने कुरा जानकारी हुदाँ हुदै पनि सोहि स्थानहरुमा प्रदेश र स्थानीय सरकारले लगानी थपिरहेका छन् । भत्कन्छ, फेरी बनाउनका लागि फेरी पैसा खर्चन्छन् । त्यसैले तामाकोशी नदी किनारका खेल पूर्वाधार सुरक्षित र दिगो हुन सकेका छैनन् ।
पछिल्ला बर्षहरुमा प्रदेश सरकार र स्थानीय सरकारले खेलकुदका लागि प्रशस्त लगानी गरेका छन् । खेदकुद प्रतियोगिताका लागि लगानी गर्ने प्रदेश र स्थानीय सरकारले देखिने र काम लाग्ने गरी पूर्वाधारको काममा भने लगानी केन्द्रित गर्न सकेका छैनन् । पूर्वाधारहरु भन्दा राजनीतिक दलका भातृ संघ संगठन र स्थानीय क्लबहरुका युवाहरुलाई खुसी पार्न प्रतियोगिताका नाममा स्थानीय सरकारको पैसा धेरै खर्च हुने गरेको छ ।
बागमति प्रदेश सरकारमा एमाले नेता कैलाश प्रसाद ढुंगेल आर्थिक मामिला तथा योजना मन्त्री हुदाँ जिल्ला सदरमुकाम मन्थलीमा निर्माण थालिएकोे कबर्डहल विगत ३ बर्ष देखि अलपत्र परेको छ । प्राविधिक र निर्माण व्यवसायीको डिजाईनका विषयमा भएको हानाथापले उक्त कबर्डहल पुरा हुन नसकेको हो । बरु अदालत तिर मुद्धा मामिलाका फाईलमा जकडिएको छ ।
रामेछाप नगरपालिकाले सुकाजोरमा निर्माण गरेको अर्को कवर्डहल पनि संचालनमा आएको छैन् । साविक जिल्ला सदरमुकाम भन्दा टाढा सुकाजोरको वडा कार्यालय नजिक निर्माण गरिएको कवर्डहल संचालनमा ल्याईए पनि त्याँहा नियमित खेल अभ्यास र प्रतियोगिताहरु हुन नसक्ने स्थानीयहरुको भनाई छ । आसपासमा जनघनत्व कम भएको र वजार क्षेत्र टाढा भएकाले नगरपालिकाको उक्त लगानी पनि पहुँचकै आधारमा भएको नगरबासीको गुनासो छ ।
प्रदेश सरकारले अर्को खेलकुदको पूर्वाधार खाँडादेविको गाल्वा बजार नजिकौ निर्माण गरेको छ । राष्ट्रिय ताईकेन्दोको प्रशिक्षण केन्द्र नाम दिइएको करोडौंको उक्त पूर्वाधार पनि अलपत्र छ । उक्त केन्द्रमा हम्मेसी टाईकेन्दोका खेलाडि पुग्दैनन् । जंगल मासेर निर्माण भएको उक्त प्रशिक्षण केन्द्र संचालनका बारेमा ठोस योजना कुनै निकायमा छैन् । यति धेरै खेलकुदका पूर्वाधारहरु निर्माणमा लगानी भएपनि खेल संचालनका लागि योग्य पूर्वाधार नपाउनु खेलाडिहरुका लागि दुर्भाग्यको कुरा रहेको खेलाडीहरु वताउछन् । पूर्वाधार भए हरेक दिन अभ्यास खेल हुन्थे, ति हुन नसक्दा जिल्लाले प्रदेश र राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा राम्रो नतिजा निकाल्न नसकेको गुनासो उनीहरुको छ ।
खेलकुदको विकासका लागि गठन भएको जिल्ला खेलकुद विकास समिति भने जिल्लामा आउने योजना र बजेटका बारेमा आफै अन्यौलमा छ । प्रदेश र स्थानीय सरकारले खेलकुदका नाममा गर्ने लगानीका बारेमा समिति बेखवर छ । जिल्ला खेदकुद विकास समितिका अध्यक्ष सीताराम कार्की भन्छन् – जिल्ला खेलकुद विकास समितिसंग समन्वय नगरि योजना हाल्दा यो अवस्था आएको हो । ‘कहाँ कस्ले बजेट र योजना हाल्यो खेलकुद समितिलाई थाहानै हुदैन‘ कार्कीले भने यसले हामीलाई अन्यौलमा पारेको छ । रामेछाप सहित केहि जिल्लाका समितिका अध्यक्षहरुले प्रदेशको मन्त्रालय सम्म पुगेर समस्याहरुको चाङ राखेका छन् । ‘अवको बजेटमा संवोधन होला कि ?’ कार्कीले आशा व्यक्त गरे । प्रदेश र स्थानीय सरकारले समिति संग समन्वयमा काम गरिदिएमा ठोस पूर्वाधार निर्माणमा सहज हुने कुरामा उनले जोड दिए । कार्कीको प्राथमिकतानै जिल्लामा अहिले अधुरा रहेका खेल पूर्वाधारहरुलाई सम्पन्न गर्ने र थप गर्नुपर्ने पूर्वाधार निर्माणमा जुट्ने रहेको छ ।
कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
17 घन्टा पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
20 घन्टा पहिले
सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..
रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..
1 दिन पहिले
एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..
रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..
1 दिन पहिले
काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता

