+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

नेबिसंघ बाहिरीएपछि देउरालीको सहज जीत

9 महीना पहिले प्रकाशित

रामेछाप । मन्थलीमा जारी प्रथम तिनलाल स्मृति कप पुरुष भलिबल अण्डर २० प्रतियोगितामा फाईनलमा पुगेको नेबिसंघ खेलाडिको उमेर सम्बन्धी उजुरी पुष्टि सगैं बाहिरीएपछि देउरालीले सहज जीत निकालेको छ । सोमबार अपरान्ह भएको प्रतिस्पर्धात्मक खेलमा देउरालीले न्यू स्टार कुनौरीलाई सोझो सेटमा पराजित गरी उपाधिमा कव्जा जमाएको हो । देउरालीले कुनौरीलाई २५–१३ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो ।


अखिल नेपाल राष्टि्य स्वतन्त्र विद्यार्थी यूनियन रामेछापले आयोजना गरेको उक्त प्रतियोगिताको सेमिफाईनल खेलमा नेपाल विद्यार्थी संघ र कुनौरी विच भएको खेलमा नेबिसंघले विजय हासिल गरी फाईनलमा प्रवेश गरेको थियो । तर नेबिसंघका एक जना खेलाडिको उमेरका विषयमा उजुरी परेको र उक्त उजुरी पुष्टि समेत भएपछि नेबिसंघलाई प्रतियागिताबाटै अलग बनाइ उसैसंग पराजित टोलीले देउराली संग प्रतिस्पर्धा गराइएको थियो । सेमिफाइनल सम्मकाे यात्रामा नेबिसंघलाई प्रतियाेगिताकाे उपाधि जित्नेमा हेरिएको थियाे ।


प्रतियोगिताका विजयी टिम तथा खेलाडिहरुलाई अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बढाल, एमाले पोलिटव्यूरो सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज कमलप्रसाद चौलागाई, एमाले केन्द्रीय सदस्य माधव ढुंगेल लगाएतले शिल्ड, पदक तथा पुरस्कार वितरण गरेको अखिलका जिल्ला अध्यक्ष पुष्कर भट्टराईले जनाएका छन् ।


रामेछापमा जन्मेका शहीद गंगालाल श्रेष्ठ, कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र साहित्यिक शहीद कृष्णलाल अधिकारीको स्मृतिमा अखिलले पहिलो पटक जिल्लामा तीनलाल स्मृति कप पुरुष भलिबल प्रतियोगिता संचालन गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले